धरान । आर्थिक रुपमा कमजोर रहेका अशक्त छेदन चौधरीको घर नेपाली कांग्रेस बराहक्षेत्रले बनाइदिएको छ । गरिबीका कारण जिर्ण बनेको चौधरीको घर भत्कनै लागेको थियो । पटक – पटक स्थानीय सरकार वडा र नगरलाई आग्रह गरे पनि सुनुवाई नभए पछि कांग्रेस बराहक्षेत्रले घर बनाइदिएको हो । करिव १ महिना अघि स्थानीय कांग्रेसका नेताले छेदनको घर बनाउन शुरु गरेका थिए । कांग्रेस नगर सभापति रमेश कार्कीको पहलमा चौधरीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । वराहक्षेत्र ४ आन्द्रामठमा बस्दै आएका छेदन चौधरी ४ जनाको परिवार सहित बस्दै आएका छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । छेदनको दिदि पनि अशक्त छिन् । छोरी कक्षा नौ मा
धरान । सार्वजनिक स्थलमा खिचिएका प्रांक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई गृहमन्त्रालयले कारवाही गर्ने भएको छ । सार्वजनिक स्थलमा खिचिएका मजाक, ख्यालठट्टा वा मस्करी गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेमा कारवाही गरिने विज्ञप्ती जारी गर्दै गृहमन्त्रालयले प्रकाशनमा निषेध गरेको छ । गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै बिहीबार गृहमन्त्रालयले विज्ञप्ति मार्फत् व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको फोटो भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न निषेध गरेको हो । व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियो
धरान । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यास पछि एउटा पिलरको खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्र सहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिदाँ रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती भोगि रहेका छन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पु
धरान । कोरोना संक्रमणका कारण नियमित गरिने रक्तदान कार्यक्रम नहुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेको छ । कोरोनाका विरामी समेत दिनप्रतिदिन थपिदै जानु र अन्य विरामी समेत प्रतिष्ठानमा बढ्दै जादा शल्यक्रिया लगायत अन्य विरामीलाई पनि रगत अभाव हुन थाले पछि विरामीहरुले सास्ती भोग्नु परेको छ । रगत अभाव हुन थालेको प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवाले जनाएको छ । तेह्रथुम जिरिखिम्तीका उमेश पौड्यालले बीपीको रक्तसञ्चार सेवामा पर्याप्त रगत पाउन छाडेपछि विरामीलाई उपचारमा समस्या भएको बताए । उनले भने, ‘श्रीमतिलाई
धरान । मोरङको धनपालथानको उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा धरानका राजेन्द्र कुमार श्रेष्ठ सहित दुईजनाको शव फेला परेको छ । फेला परेका मध्ये श्रेष्ठको पहिचान खुलेको छ भने अर्को शवको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । सुनसरीको धरान–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । उनका अनुसार मृतकका साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारीचालक प्रमाणपत्र पनि फे
धरान । विकट पहाडी क्षेत्रमा रहेका गाउँ गाउँमा सडक सञ्जाल जोडिदा स्थानीय सर्वसाधारणहरुले राहतको महसुस गरेका छन् । विगतमा दैनिक जीवनयापनका लागि बजारसम्म पुग्न पनि घण्टौ पैदल हिड्नुपर्र्ने बाध्यता थियो । तर अहिले गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि ग्रामीण भेगका सर्वसाधारणको दिनचर्या नै बद्लिएको छ ।खासगरी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने मारेक कटहरे तथा चानुवाको सर्वसाधारण गाउ घरमै सडक सञ्जालले जोडिएपछि उनीहरुको दिनचर्या नै बद्लिएको छ। महालक्ष्मी नगरपालिका वडा नं ४ का महेन्द्र पौडेलले केही बर्ष अगाडिसम्म बजारमा उत्पादन गरेको सागसब्जी, अलैची लगायतका कृषि सामाग्री घण्टौ बोकेर हिले, पाख्रीब
धरान/ पद र शक्तिको पछि नकुद्ने को होला ? अझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र त यो कुरा लागू नहुने कुरै भएन । प्रतिष्ठानभित्र स्वार्थ बोकेका यस्ता कर्मचारीहरु ‘जथा मल्खु उतै ढल्कु’ को उखानझै चरितार्थ उतार्ने गरेका छन् । पछिल्लो पटक मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्रतिष्ठानको काम कारबाहीमा रोक लगाए पनि प्रतिष्ठानको कामलाई सुचारु गर्ने अभिप्रायले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले पठाएको छ । तर अचम्म कुरा त के भने विगतमा उपकुलपति डा. गिरीको हनुमान भएर अघिपछि भएर हिड्नेहरु नै डा. श्यामसुन्दर यादवको स्वागत गर्न
धरान। सुनसरी मोरङ सिंचाई आयोजनाको बाँध निर्माणले सुविधा पुर्याए पनि उदयपुरका जनता कटानको मारमा परेका छन् । सुनसरी र मोरङमा जिल्लामा करिब ६८ हजार हेक्टर खेती योग्य जमिनमा सिंचाई सूविधा पुर्याउँदै आएको छ । उदयपुरको बेलका नगरपालिकाका केही वडाले सिंचाईको सुविधा पाए पनि केही वडाका स्थानीय कटानको मारमा परेका छन् । उनीहरुले बाँध निर्माणमा अवरोध गरेका छन् । आयोजनाको बाँध निर्माणले उदयपुरको बेलका नगरपालिका वडा नम्वर २, ३, ८ र ९ मा खेती योग्य जमिन कटान गर्नुका साथै मानव बस्तिसमेत जोखिममा परेको भन्दै अवरोध गरेका हुन् । सिंचाई सुविधामा अवरोध नगरिकन उदयपुरको नदी कटान रोक्नु पर्ने टड्कारो रुपम
धरान । प्रेस सेन्टर नेपालको सुनसरी समितिले आयोजना गरेको पाँचदिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । निःशुल्क तालिमको समापनको अवसरमा दुईजना प्रशिक्षार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सबै २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट समाचार लेखनमा प्रकाश राई र अनुशासित प्रशिक्षार्थीका रूपमा सबिता पुरीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरूका तर्फबाटअङ्कित ढुङ्गाना, पुष्पा कटुवाल, उपार्जन चामलिङ र रोजिना लामिछानेले बोलेका थिए । उनीहरूले तालिम उपलब्धिमूलक भएको
धरान । सामाजिक क्षेत्रमा उपयोगी रहेको शिक्षा प्रदान गर्न धरानमा पहिलो पटक ब्याचलर इन सोसियल वर्क पठनपाठन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरान–१ स्थित धरान मोडल कलेजमा बिएसडब्ल्यु विषयको अध्यापन शुरु गरिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । कार्यक्रम कोअर्डिनेटर मोहन श्रेष्ठले यो विषय जीवनउपयोगी, व्यवहारिक र स्कोप पनि भएको बताए । विषय अध्यापन गराइयो भने जीवनमा पनि उपयोग हुने र राम्रो स्कोप भएकोले विषय छानेर ल्याइएको उनको भनाई छ । क्याम्पस प्रमुख प्रविन राईका अनुसार यो चारवर्षे कार्यक्रम हो । चारदिन पढाइ हुने र दुईदिन फिल्डवर्क, कार्यअनुभव गर्नेपर्ने हुन्छ