Top 4

    Showing ५३१-५४० of ९,७८९ items.
  • एसईई आइडल २०२६: फाइनलमा को–को पुगे? हेर्नुहोस्

    धरान/ धरानमा ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको कोशी प्रदेशकै चर्चित प्रतियोगिता वाई वाई एसईई आइडल २०२६ अहिले उत्कर्षतर्फ अघि बढिरहेको छ। फक्ताङलुङ मिडिया हाउस प्रा.लि. द्वारा आयोजना र FTL Online TV को प्रस्तुतीमा भइरहेको प्रतियोगिताको छैटौं संस्करण यस वर्ष अझ भव्य बनेको आयोजकले जनाएको छ। प्रतियोगितामा काेशी प्रदेशका १४ जिल्लाबाट १६ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। फिजिकल र डिजिटल दुवै माध्यमबाट गरिएको अडिसनपछि उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै आज (शनिबार) सेमीफाइनल चरण सम्पन्न भएको छ। सेमीफाइनल धरानमा आयोजना गरिएको थियो, जहाँ गायन, नृत

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ३३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिफन्टले मनायो १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

    काठमाडौँ/ १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृटीमण्डपमा र्यालीको आयोजना गरेको छ। ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले मुलुकभर र प्रवासमा दिवस मनाएको हो । महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलताका लागि आन्दोलनलाई रुपान्तरित गर्नुपरेको बताए। उनले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले उनीहरूले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए। यसैबिच दि

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकृतिको पूजा गर्दै उभौली सुरु

    धरान/  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी सुरु भएको छ । उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध चाड हो जसलाई “साकेला चाड” पनि भनिन्छ । विशेष गरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने बैशाख पुर्णिमाका दिनदेखि सुरु भएको उभौली एक महिनासम्म मनाइन्छ । उभौली सूरु भएसंगै अहिले हरेक साकेला थानहरुमा विभिन्न लयका ग

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • ३१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २५ देखि

    धरान/ धरान अब साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्ने दिशामा अघि बढेको छ। पूर्वमै पहिलो पटक व्यावसायिक रूपमा आयोजना हुन लागेको ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ अन्तर्गत खुला लक्ष्य नजिक अवतरण प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म धरानमा सञ्चालन हुने भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटाली लगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपालको साहसिक पर्यटन, खेलकुद विकास र अन्तर्राष्ट्रिय पहिचान

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • ५४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुईदिने शिक्षक सशक्तिकरण तथा व्यवस्थापन कार्यशाला

    धरान/  धरानमा शिक्षक सशक्तीकरण तथा विद्यालय व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला आज सुरु भएको छ । कार्यशालाको पहिलो दिन ‘शिक्षक सशक्तीकरण’ मा केन्द्रित रहेको छ । उद्घाटन सत्रमा आइडियल इङ्लिस बोर्डिङ स्कुलका निर्देशक सागर खड्काले कार्यक्रमको उद्देश्य र महत्त्वबारे स्पष्ट पार्दै शिक्षा क्षेत्रमा नयाँ सोच, नयाँ अभ्यास र आधुनिक शिक्षण पद्धति अपनाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे । उनले पहिलो दिन शुक्रबार शिक्षक सशक्तीकरण र दोस्रो दिन शनिबार विद्यालय व्यवस्थापनसम्बन्धी तालिम रहने जानकारी दिँदै शिक्षा प्रणालीलाई समयअनुसार सुधार र परिमार्जन गर्दै गुणस्तरीय बनाउने लक्ष

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • ६१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित युवक पक्राउ, जंगलमै चल्थ्यो कारोबार

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका वडा नं –१७ स्थित उदय सामुदायिक वनभित्र लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ साल वैशाख १७ गते दिउँसो १३:४० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको एक्ष्त् टोली, इलाका प्रहरी कार्यालय धरान, अस्थायी प्रहरी चौकी रेल्वे र जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले वन क्षेत्रमा पुगेको थियो। प्रहरी टोलीलाई देख्नासाथ त्यहीँ बसिरहेका धरान–१७ फोकल्याण्डका ३० वर्षीय सुरज राई भाग्न खोजेका थिए। तर प्रहरीको सक्रियतामा उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट १६.९५ ग्राम ब्रा

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १,१८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुल बस दुर्घटना : १३ विद्यार्थी घाइते, चालक फरार

    झापा/ झापाकाे कचनकवल–३ दलकीस्थित सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्किएको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा करिब १८–२० जना विद्यार्थी सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षीय ओमप्रसाद तिम्सिना घाइते भएका छन् भने अधिकांश विद्यार्थीको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। दुर्घटनापछि बस चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हर्क साम्पाङको पार्टीमा असन्तुष्टि, इटहरीका विनय श्रेष्ठको बहिर्गमन

    इटहरी/ हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृती पार्टीका इटहरी उपमहानगर सह–सचिव विनय श्रेष्ठले पार्टी परित्याग गरेका छन्। करिब ७ महिनासम्म संगठन विस्तारमा सक्रिय भूमिका खेलेका श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलगिएको कोशीपत्रलाइ बताए । सामाजिक सञ्जालमार्फत उनले अबदेखि कुनै पनि राजनीतिक दल, संस्था वा संगठनमा आबद्ध नरहने घोषणा गरेका छन्। पार्टीभित्र नीति, सिद्धान्त र अनुशासनमा विचलन देखिएको उल्लेख गर्दै उनले पद तथा जिम्मेवारीबाट पूर्ण रूपमा अलग भएको स्पष्ट पारेका छन्। श्रेष्ठले आफ्नो कार्यकालमा साथ दिएका साथीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दि

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ७८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल प्याराग्ल्याईडिङ तथा ह्याङग्ल्याईडिङ संघको कोशीको अधिबेशन सम्पन्न

    धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन बुधबार धरान–३ स्थित संघको सम्पर्क कार्यालयमा सम्पन्न भएको छ। साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव दुर्गा प्रसाद सिग्देलले कोशी प्रदेशमा प्याराग्लाइडिङ जस्ता साहसिक खेलहरूको सम्भावना अत्यन्त उच्च रहेको उल्लेख गर्दै यसको व्यावसायिक विकासले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्‍याउने बताए। संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा संविधानसभा

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाइप एकातिर, पानी अर्कोतिर निगरानी नहुँदा स्रोतको दुरुपयोग

    धरान/ मुहानको सदुपयोग हुन नसक्दा धरानमा खानेपानीको समस्या यथावत नै रहेको छ । धरानमा लामो समय देखिको खानेपानी समस्या समाधान हुन नसक्नु खानेपानीका मुहानहरुको सही सदुपयोग गर्न नसक्नु पनि हो । धरानमा खानेपानीको मुख्य स्रोत भनको सेउती र सर्दुका मुहानहरु हुन् । तर सेउती, सर्दुका मुहानहरु सदुपयोग गर्न सकिरहेको छैन । स्थानीय सरकारले खानेपानी समस्या समाधान गर्न केन्द्रिय बजेटको मुख ताकिरहे पनि मुहानहरुको संरक्षणमा भने ध्यान दिएको देखिन्दैन् । धरान–१३ को निशाने खोलामा खानेपानी व्यवस्थापनको लापरबाही फेरि उजागर भएको छ । वडाध्यक्ष नेत्र काफ्लेका अनुसार, मुहानमा पानी हुँदाहुँदै पनि प्रभाव

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ३७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved