नेपाल प्याराग्ल्याईडिङ तथा ह्याङग्ल्याईडिङ संघको कोशीको अधिबेशन सम्पन्न

  • वैशाख १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन बुधबार धरान–३ स्थित संघको सम्पर्क कार्यालयमा सम्पन्न भएको छ।

साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव दुर्गा प्रसाद सिग्देलले कोशी प्रदेशमा प्याराग्लाइडिङ जस्ता साहसिक खेलहरूको सम्भावना अत्यन्त उच्च रहेको उल्लेख गर्दै यसको व्यावसायिक विकासले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्‍याउने बताए।

संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा संविधानसभा सदस्य माननीय किरण कुमार राईको विशेष आतिथ्य मा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन समितिका संयोजक मान भगत चाम्लिङका अनुसार अध्यक्षमा कृष्ण बहादुर राई, उपाध्यक्षमा शालिकराम खड्का, सचिवमा धनकुमार लिङ्खिम ९लिम्बू०, सह–सचिवमा धनकुमार राई तथा कोषाध्यक्षमा झर्ना पौडेल ९मुखिया० चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा अमृता राई, ताराहाङ मादेन, विद्या राई, उमेश राई, विजय राई र ज्ञानप्रसाद राई चयन भएका छन्।बाकी २ जना सदस्य पछि मनोनीत गरिने निर्वाचन समितिका संयोजक मान भगत चाम्लिङले जानकारी दिए। नव निर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय बरिष्ट उपाध्यक्ष किरण कुमार राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र चाम्लिङ राई ९भुपाल०, केन्द्रीय सदस्य मिलन तामाङ, जिल्ला अध्यक्ष रोशन अधिकारी, सचिव टिकाराम राईलगायतको उपस्थिति रहेको थियो।

कोशी प्रदेश प्राकृतिक सौन्दर्य, पहाडी भौगोलिक बनावट र अनुकूल हावाको बहावका कारण प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्यको रूपमा चिनिदै आएको छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जाँदा यो खेललाई व्यवस्थित, सुरक्षित र व्यवसायिक बनाउनेतर्फ संघले विशेष जोड दिने जनाएको छ।

नव निर्वाचित कार्यसमितिले कोशी प्रदेशलाई नेपालकै प्रमुख साहसिक खेल गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रशिक्षण, पूर्वाधार विकास र ब्याबसायिक रूपमा बिकास गर्ने योजना अघि सारेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved