हर्क साम्पाङको पार्टीमा असन्तुष्टि, इटहरीका विनय श्रेष्ठको बहिर्गमन

  • वैशाख १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृती पार्टीका इटहरी उपमहानगर सह–सचिव विनय श्रेष्ठले पार्टी परित्याग गरेका छन्।

करिब ७ महिनासम्म संगठन विस्तारमा सक्रिय भूमिका खेलेका श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलगिएको कोशीपत्रलाइ बताए ।

सामाजिक सञ्जालमार्फत उनले अबदेखि कुनै पनि राजनीतिक दल, संस्था वा संगठनमा आबद्ध नरहने घोषणा गरेका छन्। पार्टीभित्र नीति, सिद्धान्त र अनुशासनमा विचलन देखिएको उल्लेख गर्दै उनले पद तथा जिम्मेवारीबाट पूर्ण रूपमा अलग भएको स्पष्ट पारेका छन्।

श्रेष्ठले आफ्नो कार्यकालमा साथ दिएका साथीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आपसी सम्मान र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्। साथै, अब स्वतन्त्र नागरिकका रूपमा समाजका बेथिति र गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

उनको बहिर्गमनले स्थानीय तहमा पार्टीभित्र असन्तुष्टि बढ्दो रहेको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।

Screenshot 2026-04-30 120622

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved