धरानमा ब्राउन सुगरसहित युवक पक्राउ, जंगलमै चल्थ्यो कारोबार

  • वैशाख १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उप–महानगरपालिका वडा नं –१७ स्थित उदय सामुदायिक वनभित्र लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

मिति २०८३ साल वैशाख १७ गते दिउँसो १३:४० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको एक्ष्त् टोली, इलाका प्रहरी कार्यालय धरान, अस्थायी प्रहरी चौकी रेल्वे र जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले वन क्षेत्रमा पुगेको थियो।

प्रहरी टोलीलाई देख्नासाथ त्यहीँ बसिरहेका धरान–१७ फोकल्याण्डका ३० वर्षीय सुरज राई भाग्न खोजेका थिए। तर प्रहरीको सक्रियतामा उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट १६.९५ ग्राम ब्राउन सुगर लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले राईलाई उक्त लागूऔषधसहित उनले प्रयोग गर्दै आएको को।२९ प।२९४९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

हाल उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved