धरान /किराँत समुदायहरुको नयाँ वर्ष माघ १ यले संवत ५०८३ को अवसरमा धरान बास्केटवल संघद्वारा आयोजित यलेदोङ थी्र वाइ थी्र ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएका छन । पौष २९ र ३० गते हुने प्रतियोगिताको अन्तिम तयारी सार्वजनिक गर्दै १८ टिमले भाग लिने आयोजकले जनाएको हो । धरान १२ स्थित धरान मेघा कलेजको हलमा सहभागी टिमको प्रतिनिधित्वको उपस्थितिमा खेल तालिका तयार गरिएको थियो । प्रतियोगताको उद्घाटन खेल अल्ट्रा मेघा टिम र होलिल्याण्ड वि टिमबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिम, धरानबाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, हो
धनकुटा / विगतमा कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाए । आर्थिक अवस्था डामाडोल बन्यो । पुन ः त्यस्तै अवस्था आउन सक्ने भन्दै धनकुटाको पाख्रीबास नगरपालिकाले नगरबासीहरुलाई सचेत रहन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको अवस्थामा पुन ः विगतकै अवस्था आउन सक्ने भन्दै समयमै सचेत रहन नगरबासीहरुलाई नगरपालिकाले सचेत गराएको हो । नगरपालिकाले कोरोना संक्रमणबाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना
मोरङ / विराटनगर महानगरपालिकाले जथाभावी छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरौला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो । सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्य
विराटनगर / प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्कमतकुमार कार्की नियुक्त भएसँगै निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले निवास छाडेका छन् ।निवर्तमान मुख्यमन्त्री राईले सामाजिक सञ्जालमा पोष्ट गदै बिहीबारबाट निवास छोडेको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा उनले निवास छाडेको जानकारी दिँदै निवास छोड्न दुई दिन ढिला भएको भन्दै क्षमा समेत मागेका छन् । विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन्। उनले लेखेका छन्, ’२५ गते साँझसम्म शपथ कार्यक्रममा व्यस्त, २६ गते संसद्, सभामुखक
धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।
मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् । विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सु
नागरिक अधिकारप्रति आजभोलि चेतना त बढेको छ तर अधिकार हनन्का घटना रोकिएका भने छैनन् । सबै लिङ्ग, वर्ग, उमेर र समुदायका नागरिकहरूले उचित हेरचाह, अवसर वा संरक्षण प्राप्त गरून् भन्ने उद्देश्यले थरीथरीका ऐन–कानुहरू बनाइए पनि नागरिकहरू सुरक्षित भने छैनन् । सबैले आ–आप्नै अधिकार संरक्षणमा मात्र चासो देखाउँदा आप्mना अधिकारको संरक्षणमा सक्रिय हुन नसक्ने बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरू भने अधिकार र सुरक्षाबाट वञ्चित भएर जीवन बिताउन बाध्य बनेका छन् । बालअधिकारको संरक्षणका लागि संविधानमै पनि पर्याप्त् व्यस्था गरिएको छ । संविधानको धारा ३९(२) मा प्रत्येक बालबालिकालाई परिवार
विराटनगर / करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/ ८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब २ करोड ५ लाख ५८ हजार २ सय ८५ रुपैयाँ मात्रै यथार्थ आय भएको उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । उक्त आयमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ६१ करोड ८२ लाख ८५ हजार १ सय १० रुपैयाँ प्राप्त भएको उपमेयर कार्कीले बताइन् । यसैगरी प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फबाट २ करोड ९ लाख ६० हजार ४ सय २० रुपैयाँ, ब
धरान / मापदण्ड विपरीत जथाभावि खोला उत्खनन् कार्यलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाहीको निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले मापदण्ड विपरीत सञ्चालन भएका धरान सुनसरी जिल्लाभित्र सञ्चालनमा हरेका तीनवटा क्रसर उद्योगलाई बन्द गर्न गर्न दिर्नेशात्मक मौखिक निर्देशन दिएको छ । कार्यलयले सर्दु खोला छेउमा सञ्चालित नवदुर्गा स्टोन क्रसर उद्योग, रामधुनी नगरपालिका वडा नं.९ मा रहेको छिङ्ताङ देवी बालुवा क्रसर उद्योग र वराहक्षेत्र नगरपालिका चारमा रहेको सुनसरी सेण्ड एण्ड वासिङ उद्योग बन्द गर्न निर्देशन दिइएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण दिनुपर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले देश संघीयतामा गइसकेको भए पनि प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण नदिएको भन्दै अब काम गर्न सक्ने अवस्थामा लैजानुपर्ने बताए । ‘हामी संघीयतामा गइसकेका छौं । तर प्रदेशहरुले काम गर्न सक्ने खालको वातावरण दिन सकेका छैनौं,’ संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नेता राईले भने, ‘मलाई ०७४ सालपछि निर्माण भएका प्रदेश सरकारका मुख्यमन्त्रीजीहरुले गरेको क्रन्दन