Top 4

    Showing ५०१-५१० of ९,७८९ items.
  • धरानको मेघा हिमालयन स्कुलको एसईईमा शतप्रतिशत नतिजा, सान्त्वनु चौधरी बने टपर

    धरान/ राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा धरान–१२ स्थित मेघा हिमालयन स्कुल ले शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे का अनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। जसमध्ये ३ जनाले A+, १२ जनाले A र ९ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। विद्यालयको सर्वाधिक जीपीए ३.७९ ल्याउँदै विद्यार्थी सान्त्वनु चौधरी विद्यालय टपर बनेका छन्। सान्त्वनु यसअघि विभिन्न अतिरिक्त क्रियाकलाप, विशेषगरी सिङ्गिङ आइडलमा समेत सक्रिय सहभागी रहँदै आएका विद्यार्थी हुन्। यस वर्षको एसईई नतिजामा द

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ८६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको विजेता बने अमन थापा

    धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको एक्युरेसी ओभरअलतर्फ अमन थापा मगर विजेता बन्नु भएको छ । उनलाई नगद रु.एक लाख ५० हजारसहित मेडल पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए । त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु.एक लाखसहित मेडल प्राप्त गरेका छन् भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु.७५ हजारसहित मेडल प्राप्त गरेका छन् । खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, ईक्सा राई दोस्रो र विद्या राई तेस्रो भएकी छिन् । उनीहरुलाई

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ४४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई नतिजा भोली सार्वजनिक गर्ने तयारी

    भक्तपुर/  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र (मङ्गलबार)नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ३५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २० लाख भारतीय रुपियाँ बरामद

    मोरङ/  रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरमा किरातेश्वर माङखिम पुनः उद्घाटन

    भोजपुर/ किरात धर्म, संस्कार र सामाजिक एकताको प्रतीकका रूपमा निर्माण गरिएको किरातेश्वर माङखिम ९६औं समाज सुधार दिवसको अवसर पारेर भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा भव्य समारोहबीच पुनः उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई तथा विशेष अतिथि केहेरसिं योङहाङ ले संयुक्त रूपमा माङखिम उद्घाटन गर्दै किरात सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा यस्ता धार्मिक तथा सांस्कृतिक केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए। कार्यक्रममा अशोक राई, प्रेमकुमार राई, समाजसेवी तथा बुद्धिजीवी इश्वरमान राई, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ३८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा छुरा प्रहारबाट युवकको हत्या, आरोपी फरार

    धरान/ सुनसरीको धरानमा आइतबार दिउँसो स्थानीय युवाबीच भएको विवादले उग्र रूप लिँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ। धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका भुजेललाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिए पनि उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्थानीय युवाबीचको आपसी विवादका क्रममा घटना भएको खु

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २,७४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी, ९ जनालाई थप उपचारका लागि रिफर

    बाह्रदशी/ झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारी मा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। (आइतबार) आज बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू अचानक बिरामी भएका हुन्। बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित ८ जना बालबालिका रहेका छन्। सबैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ९ जनालाई बाल अस्पताल दमक रिफर गरिएको छ। चिकित्सकका अनुसार २ जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • होटलमा प्रहरीको छापा : दुई भारतीयसहित पाँच जना नियन्त्रणमा

    बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको मामा भान्जा होटल एण्ड लज मा प्रहरीले छापा मार्दै पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा २०८३ बैशाख २६ गते दिउँसो ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले होटलमा खानतलासी गर्दा २ जना नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने १ कर्मचारी र २ जना भारतीय पुरुषलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट ध्द्यठघच्छज्ञद्धड नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ४३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ८ वर्षीय बालककाे बेतना खोलामा डुबेर मृत्यु

    इटहरी/  मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ। घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लाग

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा “श्री गौरीमाता मन्दिर” उद्घाटन

    धरान/  स्वर्गीय हजुरबुबा कुन्दनमल अग्रवाल, स्वर्गीय हजुरआमा भागिरथिदेवी अग्रवाल तथा स्वर्गीय बुवा मनिराम अग्रवालको पुण्य स्मृतिमा धरान–तिनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस को हाताभित्र “श्री गौरीमाता मन्दिर” निर्माण गरी समर्पण गरिएको छ। मन्दिरको उद्घाटन २०८३ साल बैशाख २५ गते शुक्रवार पुजारीद्वारा विधिपूर्वक पूजा–आराधना गरी सम्पन्न गरिएको हो। मन्दिर निर्माणमा श्रीमती मयादेवी अग्रवाल, छोरा अशोक कुमार अग्रवाल, बुहारी सुमन अग्रवाल, नाति तानिष्क अग्रवाल तथा नातिनिहरु कशिश र अदिती अग्रवालको योगदान रहेको छ। प्रबिन अग्रवालका अनुसार उद्घाटन कार्यक्रममा धेरै भक्तज

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ३४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved