धरानको मेघा हिमालयन स्कुलको एसईईमा शतप्रतिशत नतिजा, सान्त्वनु चौधरी बने टपर

  • वैशाख २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा धरान–१२ स्थित मेघा हिमालयन स्कुल ले शतप्रतिशत नतिजा हासिल गरेको छ।

विद्यालयका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे का अनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। जसमध्ये ३ जनाले A+, १२ जनाले A र ९ जनाले B+ ग्रेड प्राप्त गरेका छन्।

विद्यालयको सर्वाधिक जीपीए ३.७९ ल्याउँदै विद्यार्थी सान्त्वनु चौधरी विद्यालय टपर बनेका छन्। सान्त्वनु यसअघि विभिन्न अतिरिक्त क्रियाकलाप, विशेषगरी सिङ्गिङ आइडलमा समेत सक्रिय सहभागी रहँदै आएका विद्यार्थी हुन्।

यस वर्षको एसईई नतिजामा देशभर ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

 मेघा हिमालयन स्कुलको शतप्रतिशत नतिजाले धरानको शैक्षिक क्षेत्रमा थप उत्साह थपेको छ।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved