Top 4

    Showing 5,051-5,060 of 9,386 items.
  • प्रदेश १ का मुख्यमन्त्रीद्वारा धरान एक्स्पोको उद्घाटन

    विजयपुर /  प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्योगी व्यवसायीहरुसँग राष्ट्र बैंकले लिएको चर्को ब्याज घटाउनुपर्ने बताएका छन् । मुख्य मन्त्री कार्कीले बिहीबार धरानको रंगशालामा आयोजना भएको धरान एक्स्पो २०७० को उद्घाटनका अवसरमा सरकारले नीजि क्षेत्रलाई प्रवर्धन गर्ने खालका योजनाहरु अगाडि ल्याउँदै बैंकले लिने गरेको चर्को ब्याज घटाउन केन्द्र सरकार र राष्ट्रबैंक समक्ष आग्रह गरेका हुन् ।उनले देशको आर्थिक संकटका कारण उद्योग वाणिज्य क्षेत्र धरासायी बन्दै गएको बताउँदै उद्योगी व्यवसायीहरुले लिएको चर्को ब्याजदरका विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल सरकारले यस विषयमा स्पष्ट धारणा

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 802 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • सिलिन्डरको गुणस्तरीयतामा गम्भीर बन

    धरान–१७ को एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सोमबार आठजना घाइते भएका छन् । तीमध्ये दुईजनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । केही समयअघि काठमाडौँमा ग्यास चुहावट भएकै कारण आगोले जलेर नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीकी आमाको निधन भएको छ भने नेता भण्डारी पनि घाइते भए । उनको उपचार भारतमा भइरहेको छ । यसबाहेक पनि यसबीचमा देशका विभिन्न स्थानमा यस्ता घटना भएका समाचार आएका छन् । पछिल्ला यी घटनाहरूले ग्यास विस्फोट वा ग्यासको चुहावटका कारण मानव जीवनमाथि असुरक्षा बढ्न थालेका सङ्केत दिएका छन् । हुन त ग्यास सिलिन्डर विस्फोट वा ग्यास चुहावटका घटना मात्र हुन थालेका होइनन् । यसअघि पनि यस्ता घटन

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 777 पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • अस्पतालमा राजनीति बन्द गर

    हाम्रो देशमा सार्वजनिक सेवाका क्षेत्र चुस्त र व्यवस्थित छैनन् । गैरराजनीतिक क्षेत्रमा समेत अत्यधिक राजनीतिकरण हुँदा जताततै बेथिति देखिएको छ । अत्यधिक राजनीतिकरणकै कारण कतिपय क्षेत्र थला परेका छन् भने कतिपय क्षेत्र लथालिङ्ग अवस्थामा छन् । यस्तै राजनीतिक चलखेलको सिकार बनेको छ, विराटनगरस्थित कोशी अस्पताल । जनस्वास्थ्यसँग सोझो सम्बन्ध राख्ने अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई समेत राजनीतिको अखडा बनाउँदा यसको असर जनस्वास्थ्यमा पर्ने गरेको छ । सरकार वा मन्त्री परिवर्तनसँगै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिने गरेको छ । २०६१ सालयता यहाँ १७ जना मेसु परिवर्तन भइसकेका छन् । कुनै ठोस कारण र आवश्

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटवल महिला पुरुष दुवै उपाधि धरान मेघाको पोल्टामा

    धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ । धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९–११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाइ ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले उपाधिसँगै पुरुषतर्फ नगद ३० हजार र महिलातर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि पुरुषतर्फका उपविजेता राष्ट

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 777 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिसेस कोशीको फाइनलमा १७ जना

    मोरङ /  चौथो संस्करणको मिसेस कोशीको ताज पहिरन १७ जना प्रतियोगीले फाइनलमा प्रतिस्पर्धामा गर्ने भएका छन् । मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगीहरुबाट १७ जना फाइनलको लागि छनौट भएका हुन् । प्रारम्भिक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बाहिरिएका छन् । फाइनलमा १७ जना प्रतियोगी प्रतिस्पर्धामा उत्रिने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ नीशा खतिवडाले जानकारी दिइन् । फाइलनमा पुग्नेहरुमा विराटनगरकी ज्योतीशाही श्रेष्ठ, आस्मा देव राठी, सकुन्तला राजवंशी, जानुका राजवंशी, सम्झना कार्की थापा, कविता अधिकारी, शिखा श्रेष्ठ, रन्जु सुब्बा र विराटनगरकै नितु देव रहेकी छिन् । धरानबाट रीता राई

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोङको गुन्द्रुक ब्रान्ड बन्दै

    इलाम / धेरै जसो इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खोले खुवाउने गरेका छन् । स्थानीय तहले किसानका उत्पादन प्रवर्द्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । तर इलामको रोङ गाउँपालिकाले भने किसानको जीवनस्तर उकास्नका लागि स्थानीय स्तरमै उद्योग सञ्चालन गरी कृषि उत्पादनलाई प्रशोधन गर्न थालेको छ ।सुरुवाती चरणमा रोङ गाउँपालिकाको देवनछाप साना किसान कृषि सहकारी मार्फत उद्योग सञ्चालन गरी गुन्द्रुक उत्पादन सुरु गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको कृषि सामाग्रीको त्पादन सिधै कृषकले नै पाउनुपर्छ भन्ने मूल उद्देश्य लिएर उद्योग सञ्चालनबाटै उत्पादन

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 1,293 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सिटी, टेम्पो चालक आन्दोलित ‘हाम्रो रोजीरोटी गुम्यो, समाधान नभए आन्दोलन गर्छौँ’

    धरान /  अझै पनि सिण्डिेट प्रथा कायम रहेको, एकतर्फी पार्किङले समस्या निम्त्याएको भन्दै सिटी तथा टेम्पो सफारी चालकहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । उनीहरुले समस्याको समाधान गरिदिन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उपमहानगरपालिकाको गेट अगाडि सिटी सफारी र टेम्पो राखेरै आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको मागको सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । टेम्पो, सफारी चालक संघर्ष समितिका अध्यक्ष दलप्रकाश लावतीले फागुन ८ गतेबाट धरान उपमहानगरपालिकाले एकतर्फी सवारी सञ्चालन गर्ने निर्णयले टेम्पो र सफारी चालक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर परेको

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक्स्पोको तयारी पूरा उद्घाटन प्रदेश १ का मुख्यमन्त्रीबाट

    धरान /  लगानीमा प्रवर्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको एक्स्पोको तयार पूरा भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।बुधबार एक्सो हुने स्थल धरान १६ स्टेडियममा पत्रकार सम्मेलको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । एक्सोको बिहीबार साढे १२ बजे प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । स्थानीय स्तरको उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर ‘धरान एक्स्पो २०७९’ को आयोजना गर्न लागिएको सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । देशकोसंक्रमणकालीन अवस्थालाई चिर्दै लगानी गर्न

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ई–पासपोर्टमा बिचौलिया रमिते निःशुल्क फर्म भर्दै जिल्ला प्रशासन

    इलाम / सरकारले अनलाइनबाट पासपोर्ट भर्ने व्यवस्था गरेसँगै इलामका सेवाग्राहीहरूले फर्म भर्न नपाएर हैरान पाएका थिए । दैनिक निश्चित कोटामा फर्म भर्न पाउने भएसँगै सबैको पहुँचमा नभएको र निश्चित ठाउँमा मात्रै फर्म भर्ने भएको कारण हैरान पाएका थिए । जिल्लामा सबैको पहुँचमा नपाउँदा निश्चित ठाउँबाट हजारौँ खर्च गरेर फारम भर्न बाध्य सेवाग्राहीमा यति वेला बिचौलियाबाट मुक्त छन् । नयाँ प्रमुख जिल्ला आएसँगै कार्यालयबाटै निःशुल्क फर्म भर्ने व्यवस्था भएपछि सेवाग्राही बिचौलियाबाट मुक्त भएका हुन् । सरकारले २०७८ साल मङ्सिर ८ गतेदेखि ई पासपोर्ट प्रविधि लागू गरेदेखि राहदानी विभागमा समेत भिडभाड हुने गरेको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 765 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भाषण थोरै काम बढी गर्नुस्’

    धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भुुमि ब्यबस्थापन,सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुुमार राईले भाषण भन्दा काम बढि गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुुधबार धरानमा एमाले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे उनले ठुुला र लामा भाषण भन्दा जनतका काममा लाग्न निर्देशन दिएका हुन् । नेकपा एमालेको ‘मिसन ग्रास रुट’ अभियान सञ्चालनका लागि सुुनसरी क्षेत्र १ को जिम्मेवारी पाएका राईले कार्यकर्ता विनाको नेता हुुनुुको कुनै अर्थ नरहेको बताए । अब जनताप्रति उत्तरदायी नेतृत्व निर्माण हुनुु पर्ने उनको भनाई छ । राजनैतिक पार्टिको उदेश्य जनताका लागि काम गर्ने

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved