सुनसरी / कोशी प्रदेशस्तरीय ह्वीलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५ औं अन्तराष्टिय ह्वीलचियर दिवशको अवसरमा अपांगता भएकाहरुको संस्था स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन् । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पूरा गरे । दोस्रो भएका प्रज्वल लिम्बुले २ मिटेट ४६ सेकेण्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गरेका थिए । महिलातर्फ ३ मिनेट २७ सेकेण्डमा दूरी पुरा गरेकी जानुका तामाङ्ग प्रथम भइन् । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेण्डमा दूरी पुरा
धरान / त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो हुन सफल विद्यार्थीलाई धरानस्थित युएन नवोदय कलेजले नगद पुरस्कारसहित सम्मान गरेको छ ।कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गर्दै होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो स्थान हासिल गरेकी विद्यार्थी करुणा राईलाई बुधबार नगद ३५ हजार रुपैयाँ र पुरस्कारसहित सम्मान गरिएको हो । करुणाले ३.९२ जिपिए ल्याई कोशी प्रदेश प्रथम र बोर्डमा द्वितीय स्थान हासिल गरेकी कलेजका प्राचार्य डम्बर तुम्बापोले बताए । आयोजित सम्मान कार्यक्रममा पहिलो सेमेस्टरमा ३.८७ जिपिए ल्याएका
इलाम / इलामको विब्ल्याँटे–माई पोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रे मापदण्ड विपरीत निर्माण गरिएको भाग पुनः काम गर्नुपर्ने भएको छ । उक्त सडक निर्माणको काम गुणस्तरहीन भएको समाचार आएपश्चात् गरिएको अनुगमनले मापदण्ड विपरीत काम पुनः गर्नुपर्ने निर्देशन दिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राई, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, सडक डिभिजन कार्यालयका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायीको अनुगमनले मापदण्ड विपरीत गरिएको कामलाई सुधार गर्नुपर्ने निर्देशन दिइएको छ । सहमति अनुसार सडक डिभिजन कार्यालयले मङ्गलवार निर्माण कम्पनीलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय
धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर
धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर
धरान/‘फजुल खर्च नगरौ, सामुहि कार्यमा सहभागी बनौ’ भन्ने मूल उद्देश्य राखी वैदिक सामुहिक ब्रतबन्ध संस्कार आयोजना गरिने भएको छ । ब्राह्मण समाज नेपाल धरान नगरसमितिको आयोजनामा अगामी चैत्र ९ गते आयोजना गर्न लागिएको ब्राम्हण समाज धरान नगर समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार वार्षिक कार्यक्रम नै बनाएर आयोजना गर्दै आएको सामुहिक ब्रतबन्ध यस बर्ष पनि गर्न लागिएको जानकारी दिए । उनका अनुसार कार्यक्रम स म्पन्न गर्न हिम प्रसाद ओझाको संयोजकत्वमा १५१ जनाको कार्यव्यवस्थापन समिति गरेको जानकारी दिए । उनका अनुसार समितिको ११ वटा विभागिय समितिहरु समेत गठन गरिएको जानकारी दिए ।
इटहरी / सेवाग्राहीहरुको चापका कारण काम गर्ने कर्मचारीहरु तनावमा रहने कुरालाई मध्यनजर गरी इटहरी उपमहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी तनाव व्यवस्थापन तालिमकको आयोजना गरिएको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ । तनाव व्यवस्थापन गर्दाे कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि हुने उद्देश्य राखी तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । कर्मचारीलाई तनावमुक्त वातावरणमा कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो, मेयर पौडेलले भने । उनले भने– ‘कर्मचारी र जनप्रतिनिधीहरुहरु
इलाम / पछिल्लो समय तराई क्षेत्रमा बसोबासका लागि बसाई सराइ गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायातको सुविधा नभएको कारण तराई क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्ने गरेको हो । जनसंख्या दिन दिनै घट्ने र बसाई सराइले गाउँ सुनसान हुन थालेपछि इलाम नगरपालिकाले बसाईसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा गरी सम्मान गर्न थालेको छ । वडा कार्यालयमा एक कार्यक्रम गरि अन्य पालिकाबाट बसाँईसरी आउन प्रोत्साहन होस् भन्ने उदेश्यले आउनेहरूलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ । नगरपालिकाको नीति तथा कार्यक्रमबाटै बसाँईसराई गरी आउनेहरूलाई सम्मान गर्ने जनाएको हो । ज
इलाम / लामो समय सम्म पिउने पानीको सङ्कट झेलेका इलाम बजार बासीले फेरी खानेपानीकै समस्या भोग्न थालेका छन् । नियमित खानेपानी नआउँदा अहिले पनि तीन वर्ष अघिकै समस्या दोहोरिन थालेको छ । खानेपानी अभाव भएसँगै बजार नजिकका धारा र कुवामा बाल्टी बोकेर पानी लिन जानुपर्ने अवस्था शुरु भएको छ । नियमित र प्रशस्त पानी नआउँदा बजारमा बसोबास गर्ने उपभोक्ता बजार नजिकै रहेका कुलधारा, खोल्सी धारा, धोवीधारा धाउन बाध्य छन । नियमित पानि नआउनु र आएदिन पनि पर्याप्त नआउनुले खानेपानीमा समस्या निम्त्याईरहेको छ । धारा आसपास बसोबास भएका हरुमा धाराजान नजिक भएता पनि नजिकै धारा नभएको क्षेत्रमा भने सँधै समस्या हुने गरेको छ । इला
धरान / धरान– १९ स्थित आवरहोम इङ्लिस वोर्डिङ स्कुलले प्रवेशिका परीक्षा एसईइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विदाई गरेको छ ।स्कुलले व्रिटिस गोर्खा कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरेको हो । कक्षा ८ की युजिना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्वु प्रमुख अतिथि रहेका थिए भने स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले स्वागत मन्तव्य गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले मायाको चिनो उपहार दिएका थिए औपचारिक कार्यक्रम शिक्षिका अन्जु तामाङले सञ्चालन