Top 4

    Showing 441-450 of 9,489 items.
  • यु एन नवोदय च्याम्पियन्स लिग भव्य रूपमा सम्पन्न

    धरान / ‘Sports for Health and Nation’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यु एन नवोदय च्याम्पियन्स लिग सफलतापूर्वक सम्पन्न भएको छ। धरान–१६ स्थित बिबि फुटसलमा आयोजित लिगको फाइनल खेलसँगै यस वर्षको प्रतियोगिताले औपचारिक समापन पाएको हो। Navodaya +2 UN College का प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरेका थिए। फाइनल खेलमा छात्रतर्फ कक्षा १२ सेक्सन ‘सी’ र छात्रातर्फ सेक्सन ‘ए’ ले उपाधि हात पारेका छन्। त्यसैगरी छात्रतर्फ कक्षा १२ सेक्सन ‘डी’ र छात्रातर्फ सेक्सन &lsq

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकप उद्घाटन खेलमा धरान विजयी

    धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। जर्जियन क्लब भारतका हेमराज भुजेलले खेलको पहिलो हाफको ८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि आयोजक धरान फुटबल क्लबले १८औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेको थियो। दोस्रो हाफमा धरानका कयौँ प्रयास असफल भए। ट्राइबे

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा १४ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि सेना परिचालन

    धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिस भानिर्वाचनको लागि कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको हो । नेपाल सरकारको निर्देशन तथा गृह मन्त्रालयबाट जारी ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुरूप आजदेखि प्रदेशभर नेपाली सेनाका फौजहरू परिचालन गरिएको सेनाले जनाएको छ। उक्त योजनाअनुसार सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने, संवेदनशील क्षेत्र तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिमा सम्भावित आपत्कालीन अवस

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 392 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फुटबल क्लब उपाधि जित्ने लक्ष्यसहित बुढासुब्बा गोल्डकपमा

    धरान/२६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लबले उपाधि जित्ने स्पष्ट लक्ष्यसहित मैदान उत्रिने भएको छ। पाँच पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको आयोजक क्लबले यसपटक इतिहास बदल्ने तयारी गरेको जनाएको छ। धरान–१६ स्थित रंगशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यसपटक उपाधि नै मुख्य लक्ष्य रहेको बताए। “हामी पाँच पटक फाइनल खेलेर पनि उपाधिबाट टाढा रह्यौं। त्यसैले यसपटक जित्नै पर्छ भन्ने दबाब छ। यही लक्ष्यका साथ दुई महिनादेखि खेलाडीलाई नियमित प्रशिक्षण ग

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 311 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी खोप किशोरीहरूलाई दिइने

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा विद्यालय जाने कक्षा ६ मा अध्ययन गरि राखेका किसोरीहरु र १० वर्षका किसोरीलाई त्यस्तै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० मा अध्ययन गरिरहेका त्यस्तै विद्यालय नजाने ११ देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पी.भी. खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ६ मा अध्ययन गरि राखेका किसोरीहरु र १० वर्षका किसोरीहरुलाई त्यस्तै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि कक्षा १० मा अध्ययन गरिरहेका त्यस्तै विद्यालय नजाने ११ देखि १४ वर्षको उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकप्रियताको राजनीतिले देश जोखिममा पर्छ :विजय लिम्बू

    धरान/  युकेमा रहनु भएका विजय लिम्बूले वर्तमान चुनावी माहोल खतरनाक दिशातर्फ उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले राखजनीतिले विचार, नीति र कार्यक्रमभन्दा टाढा गएर अनुहार र लोकप्रियताको खेल बन्दै जानु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । लिम्बूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा देश चलाउन आकर्षक अनुहार वा राम्रो बोल्ने कला पर्याप्त नहुने उल्लेख गर्दै आर्थिक नीति, स्पष्ट योजना, निर्णय क्षमता र इमानदार नेतृत्व नै राष्ट्र सञ्चालनका आधार भएको धारणा राखेका छन् । “राम्ररी बोल्न सक्नु योग्यता होइन, क्यामेरा फ्रेन्ड्ली हुनु क्षमता होइन,” भ

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 384 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगरस्तरीय रनिङ शिल्ड अन्तर लोकनृत्य प्रतियोगिता हुँदै

    धरान/ धरानमा धरान नगरस्तरीय रनिङ शिल्ड अन्तर लोकनृत्य प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। धरान नृत्यकला प्रतिष्ठानको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता यस वर्ष तेस्रो संस्करणका रूपमा हुन लागेको हो। प्रतियोगिता आगामी फागुन ५ गते धरान–१५ स्थित चुम्लुङ हिम भवनमा आयोजना गरिने कार्यक्रम संयोजक एवं प्रतिष्ठानकी अध्यक्ष नन्दा राईले जानकारी दिएकी छिन्। यस प्रतियोगितामा सहभागी विद्यालयहरूले ग्रुप डान्स अन्तर्गत सांस्कृतिक लोकनृत्य प्रस्तुति दिनुपर्नेछ। आयोजकका अनुसार प्रतियोगितामा धरानभित्रका १० देखि १५ वटा विद्यालय सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा विजेता टोलीलाई नगद ५०

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन’— वराहक्षेत्रमा शपथ खाएर मैदानमा उत्रिए सुजेन्द्र तामाङ

    धरान/  नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र इमानदारीमा आधारित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका तामाङले धर्तीको पहिलो तीर्थस्थल मानिने वराहक्षेत्र मन्दिरमा पुगेर भ्रष्टाचार नगर्ने र हुन नदिने संकल्प गरेको बताएका छन्। ‘म भगवानको नाममा शपथ खाएर मैदानमा उत्रिएको हुँ। एक रुपैयाँ पनि भ्रष्टाचार गर्ने छैन, गल्ती गर्ने छैन,’ तामाङले भने। उनले पूर्व जनप्रतिनिधिहरूले गरेका कमजोरी र गल्तीहरू दोहोरिन नदिने प्र

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 309 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विमानस्थलबाट ब्राउन सुगरसहित युवती पक्राउ

    भद्रपुर/ झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन्। विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। माघ १९ गते साँझ भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई–छिपाई राखेको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ। नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको खानतलासीमा उक्त परिमाणको ब्राउन सुगर बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी बुढालाई आवश्यक क

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 293 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको माटोमै भिजेको उम्मेदवार हुँ, ‘पर्यटक उम्मेदवार’बाट सचेत रहनुहोस् : सूर्यप्रसाद भट्टराई

    धरान/  सुनसरी क्षेत्र नं. १ का नेकपा उम्मेदवार सूर्यप्रसाद भट्टराई (मनोज) ले आफू धरानकै माटोमा हुर्किएको, यहाँका हरेक टोल–टोल र भूगोलका समस्या नजिकबाट बुझेको व्यक्ति भएको बताएका छन्। धरान उपमहानगरपालिका–१४ मा आयोजित वडा निर्वाचन परिचालन कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले निर्वाचनको मुखमा मात्र देखिने ‘पर्यटक उम्मेदवार’हरूबाट सचेत रहन मतदातालाई आग्रह गरे। उनले धरान–१४ लाई सांस्कृतिक तथा धार्मिक पर्यटकीय हबको रूपमा विकास गर्ने स्पष्ट खाका आफूले बोकेको बताए। ‘दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्या जस्ता शक्तिपीठहरूलाई एकीकृत

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved