Top 4

    Showing ४,२०१-४,२१० of ९,८१६ items.
  • ‘शिक्षासँगै संस्कार’ कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण

    धरान/ इटहरी उपमहानगरपालिका २ स्थित ‘माया घर नेपाल’ लाई विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयकाका विद्यार्थीहरुले सहयोग रकम प्रदान गरेका छन् । गत शुक्रबार विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु नगद सहित खाद्यान्न प्रदान गरेको छ । विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको छ । विद्यालयले नगद ४६ हजार ९ सय ५ रुपैया, ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा १६ जेब्रा प्रदान गरिएको छ । संस्थामा आयोजित एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल, विद्यार्थ

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ८३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जाडो सुरु भए संगै भक्का व्यापार बढ्यो

    रंगेली/  जाडो याम सुरु भए संगै तराई क्षेत्रका अति बिपन्न घर परिवारका महिलाहरु भक्काको व्यवसाय बाट मनग्ये आम्दानी गरिरहेका छन । मंसिर महिना देखि सुरु हुने भक्का व्यपार माघ महिना सम्म बिहानै ५ बजे देखि रंगेली बजारको बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्रि टोल, र पिपल चोक, शुक्रबारे, ईलाका प्रशासन चोक लगायतका स्थानहरुमा महिलाहरुले भक्का ब्यापार गर्ने गरेका छन । उनिहरुले चामल लाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किको माध्यमबाट पिठो तयारी बनाउने गर्देछन । पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको बाफमा बाफमा पकाउने गर्दछन । भक्का तयारी पारेर उनिहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १,०६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम एन्फा प्रेसिडेन्ट कप धरानमा हुने

    धरान/ धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा आउदो मंसिर २७ गतेदेखी प्रतियोगिता सुरु हुने भएको हो । धरान १७ स्थित एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका १० वटा क्लबहरुले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियिगिताको फाइनल खेल आगामी पौष ६ गते हुने संघले जनाएको छ । प्रतियोगिता बिजेताले नगद ५० हजार रुपैयासहित ट्रफी हात पार्ने छ भने दोस्रो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी विभिन्न विद्यामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ९४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका सरकारी विद्यालयमा मेन्यु सहितको दिवा खाजा

    इटहरी/ इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आइतबार देखि दिवा खाजा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आइतबार देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए । इटहरी क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ९८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बामा शैक्षिक भ्रमणमा आउनेको संख्या बढ्यो

    धरान/ कोशी प्रदेशको धरान उपमहानरपालिकाको शीरमा रहेको बुढासुब्बा मन्दिर नेपालकै प्रख्यात मन्दिरको रुपमा परिचित बन्दै गएको छ । नेपाल अन्य कुनै ठाउँमा रहेको बुढासुब्बा मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व चुलिदै गएको कारण कोशी प्रदेशका विभिन्न भागबाट शैक्षिक भ्रमणका लागि आउनेको रोजाइमा पर्ने गरेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुढासुब्बा मन्दिर दर्शन गर्न आउने तथा भ्रमणमा आउनेहरुको आकर्षकको केन्द्र विन्दु बनेको छ । नेपालमै धरानको विजयपुरमा मात्र रहेको यो मन्दिरको चर्चा परिचर्चा चुलिएकै कारण दर्शन गर्ने भन्दा पनि विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा आउनेको संख्या बढ्दै गएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १,०३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बंगलादेशको वाणिज्य टोली धरानमा

    धरान/ बंगलादेशका ठुला आयात, निर्यात व्यवसायीहरूको टोली धरानमा उपभोग्य वस्तुको निकासी, पैठारी व्यापारिक सम्भावना खोज्दै अवलोकन भ्रमणमा आएका छन् । बंगलादेश नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एनबी थापाको नेतृत्वमा बेसार, दूध पाउडर र कृषिजन्य बस्तुको निकासी, पैठारीको सम्भावना खोज्दै अध्ययन अवलोकन भ्रमणमा धरान आइपुगेको हो । टोलीमा बंगलादेशका ५ ठुला आयातकर्ताको सहभागिता छ । टोलीलाई गत शुक्रवार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ सहित पदाधिकारीले धरानमा स्वागत गरेका छन् । नेपालको पूर्वी क्षेत्रमा उत्पादनमा हुने बेसार र दूध पाउडरको निर्यातको सम्भावनामा भ्रमण टोलीको ध्यान के

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ७१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षादीपको कविता प्रतियोगितामा मेनुका प्रथम

    विराटनगर/ शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् । दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भी

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ८३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • त्रि–धार्मिक महायज्ञमा ३६ लाख संकलन

    इलाम/ माईपोखरी त्रिधार्मिक पर्यटन उत्सवको आर्थिक आयव्यय सार्वजनीक गरिएको छ । रामसार क्षेत्र माईपोखरी क्षेत्रमा मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवको आयव्यय सार्वजनीक गरिएको हो । सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिहरुको उपस्थितिमा आर्थिक आयव्यय सार्वजनीक गरिएको छ । मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना भएको त्रिधार्मिक पर्यटन उत्सवमा आय ३६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ र व्यय २८ लाख ७७ हजार २ सय ६७ भएको आयोजक समितिका कोषाध्यक्ष निर्मला निरौलाले प्रस्तुत गरेकी थिइन् । पर्यटन उत्सवबाट बचत ७ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ भएको आयोजक समितिको प्रचार संयोजक श्य

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ७४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटलका अध्यक्ष खतिवडा भारतमा सम्मानित

     धरान/ यहाँस्थित विजयपुर हस्पिटल प्रालि एवम् विजयपुर ग्रुपका अध्यक्ष डा. पंकज खतिवडा यसै महिना भारतमा सम्मानित भएका छन् ।   अफिनका केन्द्रीय सचिवसमेत रहेका डा खतिवडा भारतको तामिलनाडुमा यही मङ्सिर १७ गते सम्मानित भएका हुन् । उनलाई ‘एसियाज बिजनेस लिडर अफ द इयर–२०२३’ पदकबाट सम्मान गरिएको विजयपुर हस्पिटलका प्रबन्धक इन्दु योञ्जनले जनाए ।   एसिया महादेशस्तरीय विशेष समारोहमा उनलाई सो पदक प्रदा नगरिएको हो । यसअघि सन् २०२१ मा पनि उनले ‘आइकोनिक चेयरम्यान अफ द इयर’ पदक प्राप्त गरेका थिए ।         &

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १,१३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गणेश सहकारीको साधारण सभा सम्पन्न

    दुहबी/  दुहवी नगरपालिका वडा नं. ३ मा रहेको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार संस्थाको प्राङ्गणमा दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष जीवन प्रसाद लुईटेलको अध्यक्षता एवं जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुनसरीका संचालक समिति सदस्य तथा कोशी प्रदेश बचत तथा सहकारी संघ का सदस्य मीलिराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । २ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो वर्ष प्रवेश गरे संगै स

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ८९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved