दमक/ हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुबैतर्फ काम सुरु भएको छ । भारतको अछामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाईफ सेङ्गचुरी हुँदै कोशीटप्पुसम्म घुम्न आउने जङ्गली हात्तीले गर्दा झापामा मानव–हात्ती द्वन्दको अवस्था विकराल बन्दै गएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती नियन्त्रणका लागि भएका असल अभ्यासको अनुसरण र जोखिम न्यूनीकरणका लागि चासो राखेपछि यहाँ भएका असल अभ्यासहरूको विषयमा लिखित रूपमा जानकारी गराएको मेचीनगर नगरपालिका–४ का वडा अध्यक्ष अर्जुन कार्कीले बताए । मुख्यमन्त्री कार्
धरान/ किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व शुरु भएको छ । पुर्वका विभिन्न शहरहरुमा किरातजन्य सामाजिक संघसंस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरि पर्व मनाउन शुरु गरेका हुन् । धरानमा पनि किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा पाँच दिने चासोक तङनाम मंगलबार देखि शुरु भएको छ । मंगलबार बिहान बृहत र्याली प्रदर्शन गर्दै चुम्लुङ हिममा चासोक शुरु भएको हो । उनीहरुले यस वर्ष कोशी प्रदेशको नामाकरण खारेजीको मागलाई प्रमुख नारा बनाएका छन् । छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा स
धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मा पर्ने भेडेटार पर्यटकीय गन्त्वय स्थलको रुपमा नेपालमात्र हैन भारतमा समेत प्रख्यात बन्दै गएको छ । समुद्री सतहबाट १४२० देखि १७०५ मिटरको उचाइसम्म रहेको यो स्थानलाई सिएनएनको सर्वेक्षणले विश्वको घुम्नै पर्ने १२ गन्तव्य स्थलको रुपमा समेत लिएको छ । यसले गर्दा पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुदै गएको हो । विगतमा फाट्टफुट्ट भारतीय पर्यटक देखिने भेडेटारमा अहिले भारतीय पर्यटक अत्याधिक आउने गरेको पाइएको छ । अझ प्रत्येक बर्ष होटल एसोसिएसन भेडेटारले आयोेजना गदै आएको फुडफेस्टिवलले यहाँ आउने भारतीय पर्यटक तान्ने माध्यम बनेको छ । ‘भेडेटार प्रकृति
धनकुटा/ कृषकको जीवन स्तर उकास्न साँगुरीगढी गाउँपालिकाले ‘कोसेली घर’ को निर्माण गरेको छ । गाउँपालिकाले कृषकले स्थानीय स्तरमा उत्पादन गरेको कृषि सामाग्रीलाई बजारीकरण गर्ने उद्देश्यले गाउँपाालिकाकै लगानीमा ‘कोसेली घर’ निर्माण भएको हो । गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गाउँपालिकाका कृषकको बजारीकरणको सहजतालाई मध्यनजर गरी ‘कोसेली घर’को निर्माण गरिएको बताए । उनले भने–‘कृषकहरुले यहाँ उत्पादन गरेका कृषि सामाग्रीको बजार पाएका छैनन्, गाउँपालिकाले कृषकले उत्पादन गरेको सामाग्री खरिद गाउँपालिकाले नै बजारको खोजी गरेर विक्री गरिदिने प्रयोजनक
धरान/ भोजपुर सुनसरी सेवा समाज धरानको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ । आइतबार बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा गरिएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संकलित रगत प्रतिष्ठानको ब्लड बैंकमा बुझाइएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला शाखा सभापति उमेश थापाको प्रमुखआतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष रेवतिरमण राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्य
धरान/ तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिकाले विस्तारै विकासको फड्को मार्दै गएको छ । सडक सञ्जालले छोएपछि यो ठाउँमा पर्यटनलाई मुख्य आधार बनाएर पर्यटक भित्र्याउने अभियानलाई नगरपालिकाले अगाडि सारेको छ । यसैलाई मध्यनजर गरी लिम्बु सँस्कृतिलाई नजिकबाट नियाल्न सकिने चोत्लुङ पार्क निर्माण गरिएको छ । यसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याएको छ । साविकको बसन्तपुर गाविस लालीगुरास नगरपालिका बनेपछि कृषि र पर्यटनलाई बढी प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । सडक सञ्जालले छोएपछि विकासको मुख्य स्रोतको रुपमा पर्यटनलाई बनाइएको छ । यसैलाई मध्यनजर गरी ४ बर्ष अगाडि अर्थात २०७६ सालमा लालीगुरास नगरपाल
विराटनगर/ राष्ट्रिय दलित आयोगले कोशी प्रदेशका प्रदेश प्रमुम परशुराम खापुङलाई तेश्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका हुन । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/ ८० को प्रतिवेदन हस्तान्तरण गरीएको हो । प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख प्रदेश प्रमुख खापुङले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु ज
धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई उद्घोषण तथा वक्तृत्वकला तालिम दिइएको छ । क्याम्पसको इन्जिनियरिङ साहित्यिक समाज इसासले ५० जना विद्यार्थीहरूलाई तालिम दिएको हो । तालिममा विद्यार्थीहरूलाई संसदीय पद्धति अनुसार औपचारिक र अनौपचारिक छलफल तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने कला सिकाइएको हो । जनमासमा सहज रूपमा बोल्ने आत्मविश्वास बढाउन तालिमको आयोजना गरिएको इसासका सचिव प्रज्जवल काफ्लेले बताए । उनका अनुसार तालिममा समिन गैरेले सहजिकरण गरेका थिए । वक्तृत्वकला र औपचारिक कार्यक्रममा बोल्न आत्मविश्वास बढाउने तालिम प्रभावकारी रहेको सहभागी विद्यार्थीहरूले बताए । एक दिने तालिम
विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मेयर कोइरालाले बताए । प्रतियोगिताले विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै भाइचाराको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने मेयर कोइरालाको भनाइ थियो । प्रतियोगिताको उद
विराटनगर/ कोशी प्रदेशमा निजी क्षेत्रमा रोपिएका सालको रुख कटान गर्ने बारेमा कार्यदल बनेको छ । संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले मङ्सिर ७ गते प्रकाशित भएको राजपत्रमा सालको रुख कटान सम्बन्धी व्यवस्थालाई प्रकाशित गरेको छ । निजी बन बनाएका तर सालको रुख कटान गर्न नपाएकाहरूले यो कार्यविधि बनेपछि सालको रुख कटान गर्न पाउनेछन् । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयले निजी क्षेत्रबाट सञ्चालित निजी बनको सालका रुख कटान गर्न पाउने सम्बन्धमा आइतबार एक कार्यदल समेत गठन गरेको छ । कोशी प्रदेश वन निर्देशनालयका निर्देशकको संयोजकमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका अधिकृत, डिभिजन वन कार्यालयक