Top 4

    Showing 3,621-3,630 of 9,503 items.
  • नेपाल स्काउट कोशी प्रदेश आयुक्तमा भण्डारी नियुक्त

    धरान /नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं  सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन् । प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ। २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएका थिए। भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट ताल

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको अर्थतन्त्र सुदढ बन्दै गएको मन्त्री किराँतको भनाई

    धरान/ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन् । मन्त्री किरातीले धरान एक्स्पोको उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताए । उनले हिजोको भन्दा आज अर्थ तन्त्र बलियो भएको दाबी गदै अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोसिसमा रहेको बताए । मन्त्री किरातीले हिजोभन्दा आज अर्ततन्त्रको सुचक सृदृढबन्दै गएको बताउदै आफूहरुमाथि परेको दबाब भने अन्त्य भइनसकेको बताए । मन्त्री किराँतले अर्को प्रसंगमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सरकारको लक्ष्य अन

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सबै भन्दा धेरै धावकहरु सहभागि हुने धरान १०–के रन शनिबार

    धरान/ देशकै उदाहरणीय बनेको सबै भन्दा धेरै धावकहरु सहभागि हुने गरेको धरान १० के नेवा च्यारिटी रनको १२ औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ । धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको आयोजकका संस्थापक सन्तोष राईले बताए । शिक्षाको निम्ति दौड नाराको साथ हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा सबलताको लागि दौडको माध्यमद्वारा निरोगी एवम् स्वस्थ गराउने उद्देश्यले यस संस्थाको स्थापना गरेको उनले बताए । धरानको गौरव र पर्यटन, प्रवद्र्धन विकासको अभियानसँग जोडिएको धरान रनको १२ औँ संस्करणमा तीन हजार ६ सय सहभ

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकप २४ औँ संस्करण फागुन २६ देखि हुने

    धरान/ मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औँ संस्करण फागुन २६ गतेदेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब सहित ८ वटा क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा थ्री स्टार क्लब, न्यूरोड टिम एनआरटी, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल संघ मोरङ, आयोजक धरान फुटबल क्लब र भारतको युके एफसिको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक चलायमान गराउने धरान एक्स्पोबाट अपेक्षा

    धरान/ कोरोनाले धरायसी बनेको धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्न अघिल्लो वर्ष देखि सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको धरान एक्स्पोले आर्थिक कारोबारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । आज (शुक्रबार) देखि २३ गते सम्म धरान १६ स्थित कोशी प्रदेश स्तरिय रंगशालामा तल्लो स्थानमा आयोजना हुने एक्स्पोले धरानमा व्यापार र व्यवसायलाई प्रवद्र्धन गर्दै आर्थिक कारोबारलाई चलायनमा गराउने अपेक्षा लिएको संघका अध्यक्ष तथा एक्स्पोका संरक्षक विजय श्रेष्ठले बताएका छन् । एक्स्पोमा धरान लगायत अन्य पालिकाहरु सहित विदेशी उद्योगीहरु पनि उपस्थित हुने भएकाले आर्थिक कारोबार बढ्ने उनले बताए । विहिबार एक्स

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फुस्रेका पार्कले पर्यटक तान्दै

    धरान/  कुनै बेलाको व्यापारीक केन्द्रको रुपमा रहेको धरान १३ फुस्रे सुनसान झै थियो । कोशी पहाडी क्षेत्रबाट कृषि सामाग्री ल्याएर विक्री गर्ने र नुन तेल किनेर घर फर्किने केन्द्र ठाउँ ठाउँमा सडक निर्माणसँगै सवारी साधन चल्न थालेपछि सुनसान झै बन्यो । तर अहिले फेरि यहाँ विभिन्न प्रकारका पार्क निर्माण भएपछि फुस्रेको पुरानो शाख फर्किएको छ, यहाँ रहेको पार्क हेर्न दैनिक हजारौ सर्वसाधारण आउने गरेका छ् । धेरै बर्ष धरानको फुस्रे व्यापारिक केन्द्र थियो । यहाँ धनकुटा, तेह्रुथुम, संखुवासभा, ताप्लेजुङ लगायका क्षेत्रबाट ढाकर बोकेर कृषि सामाग्री ल्याउने गर्दथे भने कृषि सामाग्री विक्री गरेपछि पैदलै दुई

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पथरीशनिश्चरेको बाल कल्याणका विद्यार्थी र अभिभावक आन्दोलित

    विराटनगर/ मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनु  पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहर

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छुवाछुत अन्त्यमा ब्राम्हण समाज

    धरान/ब्राम्हण समाज धरान उपमहानगर समिति छुवाछुत अन्त्यका लागि गम्भीर बनेको सहभागीहरुले बताएका छन् । सोमबार धरानमा आयोजित समाजको धरान उपमहानगर समितिको नवौ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा समाजमा आवद्ध रहेकाहरुले सदियौदेखि चल्दै आएको जातीय विभेदको अन्त्यको लागि ब्राम्हण समाज धरान उपमहानगरसमितिले धेरै काम गरेको सहभागी वक्ताहरुले बताएका हुन् । कार्यक्रममा बोल्दै समितिका सल्लाहकार धर्मराज तिम्सिनाले जातीय विभेद अन्त्यको लागि ब्राम्हण समाजले समाजमा उल्लेख्य काम गर्दै आएको बताउदै समाजले अगाडि सहभोजको कार्यक्रम आयोजना गरेको बताए । उनले धरान उपमहानगर समतिले यस्ता कार्यक्रमलाई अगाडि बढाए पनि केन्

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६ लेन सडक आयोजना विरुद्ध दुहबीका स्थानीय आन्दोलित

    सुनसरी/ सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीय आन्दोलित बनेका छन् । ६ लेन सडक बिस्तार आयोजना कार्यालयले गत माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै कोसी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको थियो । त्यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका स्थानीयहरू आयोजना कार्यालयले अदालतको आदेश अवज्ञा गर्दै संरचना खाली गर्न खोजिएको भन्दै आन्दोलित बनेका हुन । सर्वोच्च अदालतले संरचना हटाउँदा वा भत्काउँदा निवेदकहरूलाई अपूरणीय क्षति पुग्न जाने भन्दै रिट निव

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनकामना र नेपाल गुरुकुल स्कुल क्वाटरफाइनलमा

    विराटनगर/ नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १ सय ४७ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच लक्षमण तत्माले सर्वाधिक ५३ रन बनाए । डिएभीका प्रशान साहले ४ विकेट लिए । १ सय ४८ रनको लक्ष्य पछ्याएको डिएभीले १९ दशमलव ५ बलम

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved