कालाबञ्जर/ वराहक्षेत्र नगरपालिकाले शुक्रवार कालाबञ्जर बजारमा अनुगमन गरेको छ ।
उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले कालाबञ्जर बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए ।
बिशेषगरि किराना पसल , होटल , मासु पसल , भेटनरी पसलमा म्याद नाघेको सामाग्री फेला परेको पसल, सरसफाई , मुल्य, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलमा अनुगमन गरिएको थियो ।
बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप(प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।
उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको थियो ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वाल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, नगरपालिका पशु बिकाश शाखाका प्राबिधिक मेगराज बस्नेत , उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषध्यक्ष तुलसी श्रेष्ठ , नेपाल प्रहरी, नगर प्रहरी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।