धरान/ पछिल्लो समय तराईमा अत्याधिक गर्मी बढेको छ । गर्मीकै कारण गर्मी छल्ने एक मात्र विकल्प धनकुटाको भेडेटार बनेको छ ।
भेडेटारको मनोरम दृश्य सम्हाल्दै चिसो मौसमकौ मजा लिन नेपालका तराई क्षेत्रबाट हैन भारतीय पर्यटक आउन थालेका छन् ।
कोशी प्रदेशमा मा रहेका पर्यटकीय स्थलको सगम स्थलको रुपमा रहेको भेडेटारमा भारतीय पर्यटकहरुको भीडभाड बढ्न थालेको छ ।
धरानको विजयपुरमा रहेका मठमन्दिरको दर्शनसँगै धनकुटाको भेडेटार तथा धनकुटा आपसापसका क्षेत्र, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, संखुवासभासम्मको रमणीय यात्र तय गर्ने गरेका छन् । पछिल्लौ समय तराईमा अत्याधिक गर्मी बढेपछि गर्मी छल्न नजिकको सागुरीगढी गाउँपालिकाको भेडेटार उपयुक्त स्थान बन्दै गएको हो ।
नेपाल लगायत भारतको विहारबाट समेत भेडेटार आउने गरेका छन् । विहारमा समेत अत्याधिक गर्मी भएकोले छुट्टीको समयमा भेडेटार आएको विहारका जगदिश राय बताउँछन् । उनी भन्छन्,“म प्रत्येक बर्ष विहारमा अत्याधिक गर्मी हुदा भेडेटार एक रात बस्ने गरी आउँछु , यहा आएपछि मलाई अत्यन्तै रमाइलौ लाग्छ ।”
यहाँको प्राकृतिक सुन्दरतासँगै यहाँका सर्वसाधारणको सहयोगी भावनाले भेडेटारको सुन्दरतालाइ सुनमा सगन्ध थपिएिको विहार फारविसगञ्जबाट भेडेटार आउने क्रममा भेटिएकी सोन साह बताउँछिन् ।
विशेष गरेर भारतमा आइतबार छुट्टी मिल्ने गरेकाले धेरैजसो भारतीय आइतबार आउने गरेका छन् ।
भेडेटार प्राकृतिक तथा चिसो मौसमकै कारण पर्यटकहरुले मन पराउने गरेका छन् । गर्मी छल्नै र प्राकृतिक सुन्दरतासँगै यहाँका हरेक कुराले पर्यटकलाई लोभ्याउने गरेको इटहरीबाट भेडेटार स–परिवार घुम्न आउनु भएका विराटनगरका सुवर्ण श्रेष्ठ बताउँछन् ।
त्यसो त यहाँ आएका पर्यटकहरुले भेडेटार आसपासका आकर्षक स्थलको दृश्यावोकन गर्न पाउने भएकोले पनि पर्यटकहरु आउने गरेका छन् ।
यहाँ आउने पर्यटकहरु साँगुरीगढी गाउँपालिकाकोे साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुम्ने गरेका छन् ।
आन्तरिक मात्र हैन भारतीय पर्यटक समेत आउन थालेसँगै भेडेटार कोशी प्रदेशको पर्यटकीय स्थल बनेको छ ।