नव निर्वाचित एमाले सुनसरी अध्यक्ष खनालकोे निधन

  • जेठ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

  धरान/  नेकपा एमालेको आठौ जिल्ला अधिवेशनद्धारा निर्वाचित भएका सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । 

प्याँक्रियाजको जटिल समस्याबाट लामो समयदेखि ग्रसित खनाललाई उपचारको लागि भारत लैजाने क्रममा निधन भएको जनाइएको छ ।

उपचारको लागि भारतको हैदरावाद जाने क्रममा तेलंगना राज्यको कागजनगर पुग्दा अध्यक्ष खनालको निधन भएको पुष्टि एमाले नेता मुरारी सुवेदीले फेसबुकमार्फत गरेका छन् ।

खनाल यही जेठ पहिलो साता इटहरीमा सम्पन्न एमालेको ८ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा निवार्चित भएका हुन् । 

खनाल सपथ ग्रहण पश्चात कार्यवाहक दिएर उपचारको लागि भारत तर्फ प्रस्थान गरेका थिए ।

उनको अध्यक्षतामा एक पटक मात्रै पदाधिकारी बैठक बसेको छ मृतक खनाललाई आज नै नेपाल ल्याउने तयारी रहेको परिवारले जनाएको छ । 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved