Top 4

    Showing 2,641-2,650 of 9,499 items.
  • कुसुमले पहिरिन् मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज

    धरान/इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवरले एउटा महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कुसुमले मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज पहिरिन सफल भएकी हुन् । यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्राण्ड नेपाल २०२४ मा मिस ग्राण्ड गण्डकीको उपाधि जितेकी कुसुमलाई यस पश्चात् मिस सुप्राग्लोबलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो । सो प्रतियोगितामा सहभागि हुनु अघि कुसुमले संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानी सुल्केका लागि पत्रकार अर्धनग्न

    धरान । बराहक्षेत्रको सप्तकोशी नदी स्थित चतरा नहरमा आगामी कार्तिक १६ गते हुने पानी सुल्के प्रतियोगिताको प्रवर्धनका गर्न बुधबार खाली खुट्टा पत्रकारहरुले अर्धनग्न फुटबल खेलेका छन् ।जसलाई बगर फुटबल खेल भनिन्छ ।यसरी बगरमा अर्धनग्न खेल खेल्दा स्वास्थ्यको दृष्टिबाट पनि राम्रो र लाभ हुने भएकाले पानी सुल्के प्रतियोगिताको प्रवद्र्धन गर्न नेपाल पत्रकार महासंघ सुनसरी र चतरा हाइकिंङ समुह बीच मैत्री पुर्ण फुटबल खेलेको पानी सुल्के प्रतियोगिताका कार्यक्रम संयोजक नवराज विष्टले बताए । उनले भने,‘नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको पानी सुल्के प्रतियोगिता हामीले आयोजना यसपाली दोश्रो पटक हो,यस खालको प्रत

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 916 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो बर्षको तिहारमा फूलको अभाब हुने,मुल्य बढ्ने संकेत(भिडियो सहित)

    धरान/ यो बर्षको तिहारमा सयपत्री फूलको अभाब हुने भएको छ ।  सयपत्री फूल समयमा नै नफुलेकाले फूल बजार सम्म आएको छैन ।गत बर्षहरुमा आज काग तिहारको दिनदेखि नै सयपत्री फुलले बजार फुलमय हुने गरेको थियो । तर यो बर्ष भने बजारमा फूल नदेखिएपछि स्वयम् व्यापारीहरु नै अन्यौलमा परेका छन् । गत साल  सयपत्री फूल बजारमा फ्याला फ्याल अर्थात सस्तो भएको थियो । फूलको अभाब हुने भएपछि यस बर्ष भने सयपत्री फूलको बजार भाउ महंगो हुने संकेत देखिएको कृर्षि उपज बजार धरान १३ का बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनले भने,‘यो बर्ष लोकल सयपत्री फूल अहिले सम्म बजारमा आउन सकेको छैन,भारतीय फूल पनि आएको

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली काँग्रेस सोलुखुम्बु सम्म ‘कचनाकवल–सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने

    विराटनगर/ नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए । प्रवक्ता विष्टका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्र

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज काग तिहार,यस्तो छ काग तिहारको धार्मिक तथा पौराणिक महत्व

    काठमाडौं/प्रत्येक बर्ष काग तिहारको दिनबाट तिहार अनि यमपञ्चक शुरु भएको मानिन्छ । तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिथिको आधारमा मनाईले हुनाले यो वर्ष २७ गते बिहीवार बेलुकी ०६ बजेर ३० मिनेटबाट त्रयोदशी तिथि शुरु भएसँगै तिहार शुरु भएको मानिन्छ र आज विहान कागको पूजा गरिन्छ । तिहार पर्व कार्तिक कृष्ण त्रयोदशी देखि शुरु भई कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाईन्छ । आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिईन्छ । काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि रहे

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 593 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माओबादी जनयुद्ध ताकाको जन श्रम अभियान धरानमा निरन्तर जारी

    धरान/ नेकपा माओवादीले जनयद्धताको भुमिगतकालदेखि नै सुरुवात गरेको श्रम अभियानलाई धरानका विभिन्न वडाहरुमा निरन्तरता दिदैं आएको छ ।  जनयद्धको भुमिगतकालमा जनताको बाटो बनाउने देखि लिएर अत्याअवस्कीय जीवन उपयोगी कुराहरुको निम्ति श्रम अभियानलाई सन्चालन गरी आमुल परिवर्तनको लागि जनताको घरदैलो सम्म नै पुगेर उक्त श्रम अभियानको सुरुवात गरे अनुरुप नै अहिले पनि त्यही कुरालाई धरानमा निरन्तरता दिदैं आएको नेकपा माओबादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुंगले बताए । उनले भने,श्रम अभियानलाई अहिले पनि जनताको घरदैलोमा गएर निरन्तरता नै दिदै आइरहेका छौ,यो अभियान भनेको जनतासँग प्रत्यक्ष रुपमा जोडिएर जनताको आ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 484 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाले पहिला आर्थिक पाटो सबल बनाउनु पर्छ(भिडियो अन्र्तबार्ता सहित)

    धरान निवासी शुभेच्छा अधिकारी सर्बप्रथमतः गृहिणी महिला हुन । उनी पहिलो प्राथमिकता घर परिवारलाई दिन्छिन् । घर दरिलो भयो भने मात्रै समाज अनि राष्ट्रको लागि उदाहरण बन्न सकिन्छ र सबैभन्दा ठुलो आत्मा सन्तुष्टि नै त्यसमा नै मिल्छ , जव घरमा राम्रो हुन्छ । त्यहीँ सोँच र आत्मा सन्तुष्टिबाट समाजमा नि सक्रिय बनेकी अधिकारी घर अनि व्यवसाय गर्दै  बाहिर निस्किएपछि समाजसेवीको रुपमा पनि परिचित छिन्। उनी आधा दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा पनि आवद्ध रहेकी छिन् । सुनसरी उद्योग बाणिज्य संघको दुई कार्यकाल कार्यकारी सदस्य भएर व्यापार व्यवसायको हितमा पनि उक्तिकै नेतृत्वदायी भुमिका निर्वाह गरिन र अहिले पनि

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 876 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ड्रागन खेतीमा जमेका लाहुरे

    सुनसरी/  २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि थिएनन् । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील छन् । सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर । अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित बनेका हुन् । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी रु एक हजार दुई सयमा बिक्री वितरण हुने

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गणित पढाउने शिक्षकलाई तालिम

    धरान/ सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा परीक्षाफल प्रकाशित हुँदा लज्जास्पद भई हरेक बर्ष आलोचना हुँदै आएको छ । सरकारले अरबौं अरब रकम सरकारी विद्यालयको गुणस्तर सुधार गर्नको निम्ति लगानी गर्ने तर परीक्षाको नतिजा भने ओरालो तर्फ लाग्ने भएकाले पनि सामुदायिक विद्यालय र शिक्षकले आलोचना खेप्नु परेको हो ।अंग्रेजी,नेपाली र गणित विषयमा विद्यार्थी सामुदायिक विद्यालयमा कमजोर बनेको परिणामले देखाउँदै आएको छ । गणित विषयमा त झनै विद्यार्थी अत्यत्नै कमजोर बन्ने गरेका छन् । आलोचना खेप्दै आएका कोशी प्रदेशका शिक्षकहरुले उक्त कुराको महसुस गरी सोमबारदेखि धरानमा शिक्षकहरु कसरी विद्यार्थीलाई प

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 801 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको दुर्गम क्षेत्रको सडक पाँच बर्षदेखि अलपत्र

    धरान/ सडक निर्माण गर्ने ठेकेदार कम्पनीले पछिल्लो निर्माणाधीन सडक बीचैमा अलपत्र छोड्ने परिपाटी बढ्दै जाँदा सरकारी स्तरबाट यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । ठेकेदारले काम जिम्मा लिने र विभिन्न बाहाना देखाएर समयमा काम गर्ने परिपाटि पछिल्लो समय वढ्दै गएको छ । यसैलाई मध्यनजर गर धरान १५ निराजन बस्तीदेखी धरान ४ को देवीगाउँ, पत्रङबारी–पत्रङबारी–हर्दिया–पेलपुर ढाडे हुदै कन्यापोखरी जोड्ने विगत ५ बर्ष अगाडिदेखि अलपत्र परेको छ । पाँच बर्षपछि बल्ल कोशी प्रदेश सरकारले यो सडक निर्माण ढिलाईको विषयमा चासो देखाएको छ । यो सडक खण्डले धरान उपमहानगरपालिकालाई जोड्ने गर्छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved