अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण चन्दन रौनियार

  • पुस २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहवि/ चिसो बढेर जनजीवन  प्रभावित बनेपछि दुहबी नगरपालिका वडा न.६ ले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ । 

केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरिएको दुहबी नगरपालिका वडा न६ले जनाएको छ । 

दुहबी  नगरपालिका वडा न.६ मा एकल महिला , तथा अति विपन्न परिवार, ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्न सुरु गरिएको हो । 

दुहबी  नगरपालिका वडा  न.६  निवासी जेष्ठ नागरिक  ७५ वर्ष दशरथ प्रसाद रौनियार लाई दुहबी वडा न.६ अध्यक्ष घन्शयाम हलुवाईले कम्बल प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थियो ।

वडा अध्यक्ष हलुवाईले जेष्ठ नागरिक ,एकल महिला ,अपांग र   विपन्नमा पनि अति विपन्न ज्येष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए  ।

उहाँले सकेसम्म सबै ज्येष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिए पनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर कम्बल प्रदान गर्नुपरेको बताउनुभयो ।

वडा न.६ का सचिव दिपक निरौलाले  चिसोमा आवश्यकताको पहिचान गरेर वडाका अति विपन्न ज्येष्ठ नागरिकको छनौट गरी उहाँहरूलाई न्यानो कपडा प्रदान गरिएको जानकारी दिए ।

उहाँले वडाले पहिचान गरेका गरिबमा पनि अति गरिब ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन केही हदसम्म सहज होस् भन्ने उद्देश्यले वडाले सहयोग गरेको बताए  । 

अत्यधिक चिसोका कारण समस्यामा परेका जेष्ठ  नागरिकले न्यानो कम्बल पाउँदा खुसी भएको व्यक्त  भएको प्रतिक्रिया दिएका थिए  । 

उहाँले न्यानो लुगा नहुँदा चिसोले रातभरि निन्द्रा नपर्ने अवस्था रहेका बेला यो कम्बल पाएकाले अब आरामले सुत्न पाइने बताएका थिए ।

वडा को   विपन्न ज्येष्ठ नागरिकको पहिचान गरेर ३ सय कम्बल वितरण गर्न सुरु गरिएकोमा त्यसका लागि ३  लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved