धरान/ चारधाममध्येको सुनसरीको बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना भएको छ ।
बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव भएको हो । यो विवाहलाई बराहक्षेत्रधामले संस्थागत रुपमा गर्ने समेत जनाएको छ ।
विवाह महोत्सव पुस २१ र २२ गते आयोजना गरिएको हो । विवाह महोत्सव अन्तर्गत पुस २१ गते गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिएको थियो भने पुस २२ गते धरणीलाई वराह मन्दिर पु¥याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिएको पण्डित योगेश भण्डारीले जानकारी दिए ।
उनका अनुसार आजकै दिनस्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यो विवाह उत्सव पहिलो पटक बराहक्षेत्रमा गरिएको बताउदै यो विवाहलाई उत्सवकै बार्षिक रुपमा मनाउने प्रचलनमा ल्याउने बताए ।
उनले तीर्थ स्थलमा जति धार्मिक कार्यक्रमहरु ह्ुन्छन् त्यति नै तीर्थस्थलको महत्व बढ्ने बताउदै यस्ता उत्सवलाई यही समयमा प्रत्येक बर्ष निरन्तता दिने बताए ।
लीलाविग्रहमा समेत लक्ष्मीजीका साथमा नारायण, सीताका साथमा राम, राधाजीका साथमा कृष्ण, पद्मावतीका साथमा वैङ्कटेस, रङ्गनायकीका साथमा रङ्गनाथ भगवान् साथमा भए झैँ धरणीका साथमा सदासर्वदा वराह रहेको धार्मिक मान्यता छ ।
सो अवसरमा नेपालमै प्रख्यात रहेको बराहक्षेत्र नगरपालिकामा २ न. वडामा रहेको बराहक्षेत्र धामको प्रवद्र्धनमा नेपाल सरकारलाई सहयोग गर्न कोशी प्रदेश सांसद ममता तामाङले आग्रह गरिन् ।
उनले यस्ता धार्मिक क्षेत्रको प्रवद्र्धनका लागि नेपाल सरकारले बढी बजेट छुट्याएर धार्मिक पर्यटन भित्र्याउने योजना अगाडि बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराइन् ।
विवाह उत्सवमा पुग्नु भएका उपप्रधान, खानेपानी तथा सहरी विकास मन्त्री प्रकाशमान सिहले यहाँको पौराणिकता, ऐतिहासिकताको विषयमा विश्वकै हिन्दु धर्मालम्बी देखि सबै धर्मालम्बीहरु बराहक्षेत्र आउने भएकोले यस्ता ऐतिहासिक र पौराणिक क्षेत्रको संरक्षणमा नेपाल सरकार गम्भीर भएर लाग्ने बताए ।
तीन हजार वर्षअघिको इतिहास बोकेको बराहक्षेत्र मन्दिर हिन्दू धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा रहेको छ । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार बराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतारको रुपमा लिने गरिएको छ ।