वराहक्षेत्र बचाउन पूर्वमन्त्रीलाई ज्ञापनपत्र

  • पुस २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा र परिवारले आफ्ना मातापिताको नाममा निर्मित टीका–बखत सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरी हस्तान्तरण गरेका छन् ।

श्रीधरणीधर विवाह महोत्सवका अवसरमा वराहक्षेत्र मन्दिर परिसरमा नवनिर्मित भवनको उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका छन् ।भवन ६० लाखको लागतमा निर्माण भएको पूर्व मन्त्री विश्वकर्माले जानकारी दिए ।

उनले २ वर्ष लगाएर निर्माण सम्पन्न भएको भवन वराहक्षेत्रमा आउने धर्मावलम्बी र स्थानीयको स्वास्थ्य उपचारमा सहयोग होस् भनेर निर्माण गरिएको बताए ।
वराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । वराहक्षेत्र मन्दिर परिसर र बस्ती नै गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले जोखिममा परेकाले ज्ञापनपत्र बुझाइएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए । बराहक्षेत्र मन्दिर बाढी र पहिरोको उच्च जोखिममा रहेको छ ।

दीगो तटबन्ध नबाँधे वराहक्षेत्रको अस्तित्व इतिहासमा मात्र रहने वराहक्षेत्र गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गुप्त वराह निर्माण गरिदिन ज्ञापनपत्र

यस्तै १५ औं शताब्दीको इतिहास रहेको प्राचीन गुफा गुप्त वराहको पुनर्निर्माणमा सहयोग गरिदिन मन्त्री सिंहसमक्ष ज्ञापनपत्र बुझाइएको छ । पण्डित योगेश भण्डारीको सक्रियतामा निर्माणाधीन गुप्त वराह वराहक्षेत्र मन्दिर र महात्म्यसँग सम्बन्धित रहेको छ ।

गुफाको जीर्णोद्वार गर्न र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निर्माण समितिका संयोजक रविकुमार श्रेष्ठसँगै नगर प्रमुख रमेश कार्की र नगर उपप्रमुख नन्दकुमारी सुनुवारले ज्ञापनपत्र बुझाए ।
फोटो छ

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved