धरानका अटो मजदुरहरुले मागे अटो ल्याण्ड ,के हो अटो ल्याण्ड ?

  • पुस २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुरहरुले अटो ल्याण्डको माग गरेकाछन् ।

धरानमा निश्चित स्थान छुट्याउँदै एकै स्थानमा सबै खालका सवारीसाधनहरुको मर्मत तथा अटो मेकानिक्स् सम्बन्धी सबै सेवा प्रवाहका लागि अटो ल्याण्ड निर्माणका लागि मजदुरहरुले माग गरेका हुन् ।

सोमबार नेपाल अटो मेकानिक्स् टे«ड युनियन धरान नगर कमिटीले आयोजना गरेको अभिमुखिकरण तथा संगठन सुदृढीकरण कार्यक्रममा सहभागी धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुर तथा स्वरोजगारहरुले अटो ल्याण्डका साथै धरानका सबै अटो वकैशपहरुमा काम गरेको सेवाको दररेट कायम गरिने समेत निर्णय गरेको छ । 

भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल अटो मेकानिक्स् टे«ड युनियनका पुराना नेता रंगलाल गिरी, क्युपेक नेपालका केन्द्रीय उपमहासचिव मुक्तिनाथ गिरी लगायतका नेताहरुको उपस्थिति थियो । 

भेलामा धरानमा रहेका अटो क्षेत्रहरु इन्जिन मर्मत, डेन्टिङ पेन्टिङ,. लेथ (वर्कशप), डाइनामा वाइरिङ, टायर मर्मत तथा रिसोल,. सिटहुड, मोटरसाइकल,. पार्टस्, फ्युल पम्प, रेडिएटर मर्मत, ब्याट्री मर्मत, टेम्पो मेकानिक्स र ग्रिल क्षेत्रमा काम गर्ने मजदुरहरुको सहभागीता थियो । 

भेलाले धरानको अटो क्षेत्रका समग्र समस्याहरुको पहिचान गरि धरान उपमहानगरपालिका सहित सरोकारवाला निकायमा सुझावहरु पेश गर्ने समेत निर्णय गरेको छ । 

जिवय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यबारे संगठनका केन्द्रीय सदस्य सुनिल तोलाङ्गेले राख्नु भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved