हल्लाको भरमा बर्तमान सरकार ढल्दैन

  • पुस २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ संघीय सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बर्तमान सरकार स्थायी सरकार भएको भन्दै आम निर्वाचन यही सरकारले निरन्तरता पाएर अघि बढ्ने जिकिर गरेका छन् ।धरानमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै।

कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ को आमनिर्वाचन सम्म जाने कुरामा ढुक्क हुन आग्रह गरेका हुन् । उनले भने,‘हल्ला गर्नेहरूले गरेका सरकार ढल्छ भन्ने हल्ला हल्ला मात्र हो ।’ नेपाली कांग्रेस धरान नगर समितिको कार्यकर्ता भेटघाट र नेपाल प्रेस युनियनको पत्रकारसँग अन्तरक्रियामा राजनीतिक स्थिरता, स्थायित्वका लागि बनेको सरकार ढल्ने कुनै सम्भावना नभएको बताउँदै यही सरकारले आगामी आम निर्वाचन गराउने समेत बताए ।उनका अनुसार मुलुकमा सशस्त्र द्धन्दका बेला जनताले शान्तिको माग गरेका थिए ।

नेपाली कांग्रेसका नेता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले द्धन्द समाप्त गरी शान्ति प्रक्रियालाई अघि बढाएका थिए ।नेता सिंहले मुलुकमा देखा परेको राजनीतिक अस्थिर परिस्थितिका कारण दुई प्रमुख पार्टी मिलेर सरकार बनाउनु परेको बताउँदै भने ‘परिस्थितिले दुई ठुला पार्टीलाई एक ठाउँमा ल्याएको हो, यसलाई अलोकतान्त्रिक भन्न मिल्दैन ।’

गठबन्धन सरकार बनेपछि आएको संविधान संशोधनको कुरा जनताको लागि हो कि दलहरूका लागि हो भन्ने प्रश्नमा नेता सिंहले भने ‘संविधान संशोधनको कुरा एकदुई दलको सहमतिबाट मात्र हुने होइन ।’

संविधान जारी भएको दश वर्ष यता के कुरामा कमी कमजोरी भयो ? त्यसको समीक्षा र सुधारका लागि आम सहमतिको आधारमा मात्र हुने उनले बताए ।

कांग्रेस कार्यकर्ता भेटघाटमा उपप्रधानमन्त्री सिंहले धरानको विकाश, निर्माण र खानेपानी समस्याका लिखित योजनाका प्रस्ताव आएमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

उनले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र स्थायित्वका लागि उपकुलपति नियुक्तिको प्रक्रिया पारदर्शी बनाउने कार्यमा आफूले भूमिका खेल्ने वचनबद्धता प्रकट गरे ।

यसअघि नेपाली कांग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले स्थानिय सरकार धरान उपमहानगरपालिकाबाट सङ्घीय, प्रदेश सरकारबाट ठुला आयोजना ल्याउन नसक्दा धरान विकाश र निर्माणको क्षेत्रमा पछि परेको बताए ।

उनले विकासको प्रतिस्पर्धामा धरानको लागि समृद्धिको नयाँ ढोका धरान–तमोर सुरुङ मार्ग हुनसक्ने भएकोले सङ्घीय सरकारको योजनामा प्रस्तावित सुरुङमार्ग कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने कुरामा जोड दिए ।

उनले भने ‘खानेपानीको समस्या धरानमा यथावत् रहेकोले सङ्घीय सरकारबाट दीर्घकालीन योजना कार्यान्वयन गर्न धरानवासीको माग रहेको छ ।’ सभापति पोखरेलले धरानका राजनीतिक दलहरू यहाँको विकासको लागि स्थानिय सरकारको मुख ताकेर बस्नु धराने जनताको लागि धोखा हुने बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved