Top 4

    Showing 2,431-2,440 of 9,373 items.
  • कोशी सहित हल्का बर्षा र हिमपातको सम्भावना

    काठमाडौं/ देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक&ndash

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व टेलिभिजन दिवस । विश्व दर्शनशास्त्र दिवस

    विश्व टेलिभिजन दिवस टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । दुरदर्शन गराउने यन्त्र अर्थात टिभीको कुरा गर्दैछौं आज । पृष्ठभूमि १८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुई

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अख्तियारमा जान पकली माविका अध्यक्ष झाले दिए चुनौती(विज्ञप्ती सहित)

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झाले आफु विरुद्ध षड्यन्त्र गरेर बदनाम गराएको जनाउँदै आफु विरुद्ध अख्तियार जान चुनौती दिएका छन् । झाले एक प्रेस विज्ञप्ती प्रकाशित गरी भ्रम सृजनागर्न शिक्षक सरुवाका नाममा २ लाख रुपियाँ माग गरेको भन्ने अडियोको सत्यतालाई तोडमोड गरि बदनाम गराई चरित्र हत्या गर्ने मनसायले केही संचारमाध्यमहरुमा अडियो सहित भन्दै भ्रम फैलाउने कार्यप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । मंगलबार झाले प्रकाशन गरेको विज्ञप्तीमा भनिएको छ—‘शिक्षक सरुवामा एक रुपैया सम्मको कुनै चलखेल, लेनदेन भएको

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विस्तृत शान्ति सम्झौताको १८ बर्ष

    काठमाडौं/ आज मंसिर ५, अर्थात दस वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता दिन । जतिबेला मुलुक २०६३ साल मंसिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी ले अपहरण गरी कुटपीट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका दुवै खुटुटा बाँचिए । उनी उक्त विसं २०५७ फागुन ३ गतेको घटना सम्झँदै विद्रोही पक्षले कुटपिट गरी बुवाको हत्या गरेको सम्झिन्छन् । यति मात्रै होइन, घरको धन लुटिएको र घर जग्गा कब्जा गरिँदाको पीडा अझै पनि छ । ‘त्यो घटना सम्झाँदा मन भतभति पोल्छ, वर्

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 360 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व बाल दिवस

    कुमारो रमणीयो वै सदैव प्रियदर्शनीयः।शिशोः स्पर्शः सुखं दद्यात् सर्वेषां हृदयान्वितम्॥ बालबालिका सँधै आकर्षक र हेर्नको लागि रमाइलो हुन्छन। उनीहरुको स्पर्शले मात्र सबैको मनमा आनन्द र न्यानोपन ल्याउँछ। नोभेम्ब २० तारिख सन् २०२४पृष्ठभूमिबालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ । सम्पूर्ण देश अनि समुदाय लाई बालबालिका मैत्री बातावरण र कानुन तर्जुमा गर्न समेत यस महासन्धीले उ

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 367 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्गा प्रसाईं पक्राउ

    काठमाडौं/ अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’ सीआईबीका अनुसार "फेक डकुमेन्ट" को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार ग

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे श्रमसंस्कृति पार्क पर्यटक लोभ्याउदै

    धरान/ पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे । पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ । “केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो ।” उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृति पार्कमा भेटिए । उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्त

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 953 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीपहिरोको बिमा दाबी:११ अर्ब ८२ करोड बराबरको

    काठमाडौं/ गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन्। दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सहित आज यी स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौ ।कोशी सहित आज देशभरका केही स्थानमा आज बर्षाको सम्भावना रहेको जनाइएको छ ।  पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मङ्गल चौथी व्रतः विश्व शौचालय दिवस

    विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्वितायनागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ । हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ । मङ्गल चौथी किन भनिन्छ ?आज मङ्गलवारलाई भगवान्

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved