वराहक्षेत्र मेयर लिग कप : वडा नं. ५ को विजयी सुरुवात

  • फागुन ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ आइतवारदेखि वराहक्षेत्र नगरपालिकामा तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ।

वराहक्षेत्र नगरपालिकामा लिग फर्म्याटमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ५ विजयी भएको छ।

गत बर्षको बिजेता वडा नं. १ लाई शून्यका विरुद्ध दुई गोलको अन्तरले पछि पार्दै गत बर्षको उप-बिजेता वडा नं. ५ बिजयी भएको हो।

जितसँगै वडा नं. ५ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल भएको छ।

खेलमा १ गोल गरेका वडा नं. ५ का अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय सहित ट्रफी प्राप्त गरेका थिए।

प्रतियोगिता अन्तर्गत सोमवार पहिलो खेल वडा नं. २ र वडा नं. ११ तथा दोस्रो खेल वडा नं. ३ र वडा नं. ९ का बीच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं. ७ देबिघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए।

नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा नगर प्रमुख कार्कीले खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, सुनसरी जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष भेषराज कार्की विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, वडा सदस्यहरूको उपस्थिति रहेको थियो।

"खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नारा दिएको प्रतियोगिता फाल्गुन २८ गतेसम्म सञ्चालन हुनेछ।

 

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved