तेस्रो गोर्खा ट्रेलब्लेजर दौड चैत २ गते हुने

  • फागुन ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा आयोजित ‘गोर्खा ट्रेलब्लेजर नेपाल २०२५’ को तेस्रो संस्करण चैत २ गते हुने भएको छ।

धरानको विष्णुपादुका गोर्खा पार्कसम्मको १० किलोमिटर दुरी रहेको यस दौडमा करिब ६०० धावक सहभागी हुने आयोजकले जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षक महेन्द्र राईले प्रतियोगिताबारे जानकारी गराए। उनका अनुसार पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’(अप्रिल ५)को अवसर पारेर आयोजना गरिने यो दौड खुला प्रतियोगिता हुनेछ।

हङकङमा सहभागी हुन पाउने अवसर

प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने धावकलाई थप पुरस्कारस्वरूप सन् २०२६ मा हङकङमा हुने गोर्खा ट्रेल रनमा सहभागी गराइनेछ।

दौडको रूट

दौड धरान-१८ को रत्नचोकबाट सुरु भई मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै ब्रिटिस गोर्खा स्मृति पार्कमा पुगेर समापन हुनेछ।

पुरुष र महिला दुवैका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित बनाउन सबै तयारी पूरा भइसकेकोआयोजकले जनाएको छ।

ggg gg 1

 

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved