धरान/ दशैको अवसर पारेर धरान उपमहानगरपालिका १९ नं. वडा समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । धरान १९ हरियाली सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडाले दशैको अवसरमा आफ्नो वडामा रहेका १ सय ५५ जना जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरेको हो । कार्यक्रममा वडा सदस्य झुमादेवी गुरुङले जेष्ठ नागरिक आमाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन् । उनले यो सम्मानले जेष्ठ नागरिकको आर्शिवाद सधै रहिरहने बताइन् ।राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्ने नीति बनाए पनि धेरै ठाउँमा ज्येष्ठ नागरिकको उचित सम्मान हुन नसकेको समयमा वडा नं. १९ ले जेष्ठ
झापा/ सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए । उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका ७ मा रहेको बिचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजार रुपै
सुनसरी/ मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा ४ सय केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४ सय केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमवार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ । हेटौंडा–ढल्केबर&nda
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुन विपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, “प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ, हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ, तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ, प्रहरीले शौच गर्न नपाउने, खा
धरान/ त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा प्रदेशमै उत्कृष्ट हुने विद्यार्थीहरुलाई धरान स्थित युएन कलेजले नगद पुरस्कार सहित सम्मान गरेको छ । बोर्ड परिक्षामा कलेजबाट प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो । कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गरि होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा कोशी प्रदेशमै पहिलो हुने स्मारिका श्रेष्ठ, दोस्रो हुने रोजिना राई र तेस्रो हुने सिम्रन तामाङ्गलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहि
इलाम/ घरी घरी इलाम–काठमाडौँ उडान हुने सुकिलुम्बा विमानस्थलमा गत जेठ २२ गते देखि उडान भएको थिएन । जेठ २२ देखी उडान नभएपछि इलाम नगरपालिकाले गत असोज चार देखि हरेक बिहीबार इलामको सुकिलुम्बा विमानस्थलबाट इलाम काठमाण्डौ पुनः उडान हुने भन्यो तर त्यो पनि सञ्चालनमा आएन । कहिले हप्ताको दुई दिन उडान गर्ने भन्ने त कहिले एक दिन गर्ने भन्दै प्रचार गरे पनि जहाज नै नआएपछि इलाममा जहाज आउने हल्ला मात्रै बनेको छ । गत असोज बाटै हप्तामा एक दिन उडान हुने भन्दै आएको नगरपालिका उक्त दिन पनि जहाज नआएपछि चकमन्न बसेको थियो । घरी घरी जहाज सञ्चालनमा ल्याउने भनिरहँदा इलामबासी इलामको विमानस्थललाई अब सिजनेवल विम
धरान/ धरान उपमहानगरपालिकाकालाई सुगम नगरपालिकाको रुपमा चिनिन्छ । तर धरानमा यस्ता वडा पनि छन् जहाँ पुग्न सहज बाटो छैन, खोलामा पुल बनाइएको छैन, एउटा वडादेखि अर्को वडासम्म पुग्न सकस हुन्छ । यस्तैमध्ये एक हो धरान ४ नं. वडा । यो वडाबाट धरानको पर्यटकीय वडासँग सिधा सम्पर्क राख्छ तर सडक राम्रो नहुँदा सहज रुपमा आवातजावत हुन सर्वसाधारणलाई कठिनाई छ । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले बाटो सहज बनाउने कामलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छ । धरान १४ विजयपुरसँग धरान ४ को हर्दिया, ६ बोटे, पत्रङबारी, तेल्लुक, दानाबारी, शिवजट्टा, देवी गाउँ लगायतलाई मुख्य सडकको रुपमा यो सडकलाई लिइन्छ ।
धरान/ कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण गत शनिबार नियुक्त भएका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार नै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । गत शनिवार नियुक्त भई आइतवार मात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार हतार विश्वासको मत लिन लागेका हुन् । कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यो धारा अनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि उनले बुधवार नै विश्वासको मत लिन लागेका छन् । त्यही भएर पनि उनी तत्कालै विश्वासको मत लिन लागेको कार्कीनिकट स्रोत बताउँछ । ‘वि
इलाम/ इलामको माङसेबुङ गाउँपालिका स्थित दमक चिसापानी सडकको कालोपत्रे गर्ने कामको म्याद सकिनै लाग पनि सडक निर्माण अलपत्र छ । काम सम्पन्न गर्ने म्याद नजिकिँदै छ सडक निर्माणको काम भने अलपत्र छ । निर्माण कम्पनीले काम गर्दा गर्दै छोडेपछि भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक चुँडिएको छ । बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाएर निर्माण कम्पनी लुम्बिनी गणपति जे भी सम्पर्क विहीन बनेपछि स्थानीयहरू समस्यामा परेका छन् । सडक अलपत्र छोडी निर्माण कम्पनी अलपत्र हुँदा दमक देखी माङसेबुङको चिसापानी जोड्ने सडक त अलपत्र बन्यो नै सडकको समस्या हुँदा त्यहाँका जनताले सास्ती भोगिरहेको माङसेबुङ गाउँपालि
धरान/ स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । उपचारमा थोरै ढिला भए पनि विरामीको ज्यान जान सक्छ । संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने सर्वोच्चको आदेशलाई समेत लत्यााउदै शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ । यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ । सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रति