टोखाबाट २० करोड सहित पक्राउ, अभियुक्त सुन तस्करीमा संलग्न रहेको खुलासा

  • चैत ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भोटेकोशी गाउँपालिका–१ का कुसान लामा सुन तस्करीमा संलग्न रहँदै आएका थिए।

उनी २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परेका थिए र पाँच वर्ष जेल सजाय भोगेपछि २०७८ सालमा छुटेका थिए। तर, उनी पुनः सुन तस्करीमा सक्रिय भएको पाइएको छ।

गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उनलाई २० करोडभन्दा बढी रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका लामासँग नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न मुलुकका मुद्राहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त रकम टोखा क्षेत्रमै रहेको ना १ ख १६५२ नम्बरको ट्रकबाट बरामद गरिएको थियो।

प्रहरीका अनुसार लामा पुनः संगठित आपराधिक गिरोहमा संलग्न रहेको आशंका गरिएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved