देशभर एसईई परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

  • चैत ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt तस्बिर : एसईईमा सभागि बिध्यार्थिहरु

काठमाडौं/ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। परीक्षा बिहान ८ बजेबाट सुरु भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्।

देशभरका विद्यालयबाट एसईई परीक्षा दिने विद्यार्थीहरूका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा मर्यादित र सुरक्षित बनाउन परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ।

परीक्षाका क्रममा कुनै पनि अनियमितता हुन नदिन स्थानीय प्रशासन, प्रहरी, शिक्षक, र अभिभावकहरूको सहकार्यमा विशेष सतर्कता अपनाइएको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षार्थीहरूलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले परीक्षा धैर्यताका साथ दिने र राम्रो नतिजा ल्याउन मेहनत गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

यस वर्षको एसईई परीक्षा चैत १७ गतेसम्म सञ्चालन हुने छ। परीक्षाको नतिजा आगामी तीन महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

 

 

जबरजस्ती करणी गरी १७ ...

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ् ...

बुद्धिस्ट इन्टरनेशनल ...

काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर् ...

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved