कोशी प्रदेशबाट ८० हजारभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी

  • चैत ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt तस्बिर :धरान १६ स्थित नवाेदय विध्यामन्दिर सेकेन्डरी स्कुलका (एस ईई)मा सभागि बिध्यार्थिहरु सामुहिक तस्बिर खिच्दै

विराटनगर/ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। कोशी प्रदेशबाट मात्रै ८० हजार ९३४ विद्यार्थी परीक्षा दिँदै छन्। परीक्षाका लागि प्रदेशभर ३७१ परीक्षा केन्द्र तोकिएका छन्।

एसईईको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी, संस्कृत, अरेबिक, तथा संस्कृत भाषा र साहित्यको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा चैत १९ गतेसम्म जारी रहनेछ।

शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार परीक्षा प्रभावकारी, व्यवस्थित, मर्यादित, र पारदर्शी बनाउन सबै तयारी पूरा गरिएको छ।

उनले परीक्षाका क्रममा हुनसक्ने अनियमितता, जालसाजी, र अव्यवस्थालाई न्यून गर्न सरोकारवालाहरू सक्रिय रहेको जानकारी दिए।

परीक्षार्थीको विवरण यसप्रकार छ:

• साधारण धार 

• नियमित: ६९,५०६ जना

• ग्रेड वृद्धि: ८,४५१ जना

प्राविधिक धार 

• नियमित: २,७११ जना

• ग्रेड वृद्धि: २६६ जना

• खुला परीक्षार्थी 

• नियमित: ३९६ जना

• ग्रेड वृद्धि: ३० जना

निर्देशक पोखरेलका अनुसार नीति र विधि अनुरूप निष्पक्ष र पारदर्शी परीक्षा प्रणालीको विकास गरिएको छ।

परीक्षालाई मर्यादित बनाउन स्थानीय प्रशासन, प्रहरी, शिक्षक, अभिभावक लगायत सबै पक्ष सक्रिय छन्।

एसईई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सफलता र उज्ज्वल भविष्यको शुभकामना!

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved