विराटनगर । बढ्दो सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले तयार पारिएको स्टिकर आइतबार विराटनगर बसपार्कबाट सार्वजनिक गरिएको छ । आइतबार कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य राजन कँडेल लगायतका सरोकारवालाहरु सहितको उपस्थितिमा स्टिकर सार्वजनिक गरिएको हो । सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले माघ २७ गतेदेखि कोशी प्रदेशभरी अभियान सञ्चा
धरान/ गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा आयोजित ‘गोर्खा ट्रेलब्लेजर नेपाल २०२५’ को तेस्रो संस्करण चैत २ गते हुने भएको छ। धरानको विष्णुपादुका गोर्खा पार्कसम्मको १० किलोमिटर दुरी रहेको यस दौडमा करिब ६०० धावक सहभागी हुने आयोजकले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षक महेन्द्र राईले प्रतियोगिताबारे जानकारी गराए। उनका अनुसार पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’(अप्रिल ५)को अवसर पारेर आयोजना गरिने यो दौड खुला प्रतियोगिता हुनेछ। हङकङमा सहभागी हुन पाउने अवसर प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम
काठमाडौं/ अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेल नेपालका लागि फाइनलअघिको तयारीको अवसर हुनेछ। नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। यसअघि नेपालले लेबनान र किर्गिस्तानलाई १–० को समान अन्तरले पराजित गरेको थियो भने म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो। नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारविरुद्धको खेल फाइनलका लागि रणनीति परीक्षण गर्ने अवसर हुने बताएका छन्। नेपाली टोलीकी फरवार्ड सावि
धरान । शुक्रबार धरानमा लोकतान्त्रिक किराँत लिम्वू संघ कोशी प्रदेशको प्रथम अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । अधिवेशनले धरानका नरेश इवारम सर्व सम्मत चयन भएका छन् । नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवम् नेपाल लोकतान्त्रिक जनजाती आदिवासी महासंघका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशन भएको हो ।उपाध्यक्ष द्धव सेर बहादुर खजुम र दिपेन्द्र लिम्बु–इलाम,सचिव कृष्ण मेन्याङ्बो,उपसचिव नकलमान लिम्बु,उपसचिव सुर्य पाङ्गेनहाङ र .कोषाध्यक्ष । निर्वाचित कमिटीलाई प्रमुख अतिथी पासाङ शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराए नेकपा एमाले लोकतान्त्रिक आदिवासी महा
धरान । धरानमा माघ २६ गतेदेखि जारी विजनेस एक्स्पो मेलाको शनिबार समापन भएको छ भने उक्त स्थानमा प्रमुख आकर्षकको रुपमा रहेको जुत्ता चप्पल मेलाको समय अविधी पुनः१५ दिनको लागि थप भएको छ । धरानको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यावसायिक क्षेत्रमा लगानी आकर्षित गर्न ‘बिजनेस एक्स्पो धरान २०८१’ नेपाल उद्योग व्यवसायी महासङ्घ धरानले आयोजना गरेको थियो । धरान १६ स्थित रंगशालामा जारी एक्स्पोको नेकपा एमाले स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । प्रमुख अतिथी ढकालले एक्सपोले चुनाब मात्रै पार्टीको झण्डा बाकेर हिड्ने भन्दा यस्ता रचनात्मक
धरान/ धरान ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरले निर्माण सम्पन्न गरेको धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले मानव सेवा नै धर्म भएको उल्लेख गर्दै, यो परियोजना धर्मशास्त्रका सिद्धान्तहरूसँग मेल खाने खालको रहेको बताए। उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामी तथा तिनका आफन्तलाई लक्षित गर्दै निर्माण गरिएको धर्मशाला प्रशंसनीय रहेको बताए। साथै, अध्यात्मले समाजमा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आर्थिक रूप
धरान/ धरान–१६ स्थित यु एन कलेजमा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि काेशी प्रदेशमा प्रथम, द्वितीय र तृतीय भएका छन् । त्रिभुवन विश्वविद्यालयले बिहीबार (हिजो) प्रकाशित गरेको होटल म्यानेजमेन्ट स्नातक दोस्रो सेमेस्टरको परीक्षामा यु एन कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै प्रदेश टप बन्न सफल भएका छन्। विद्यार्थी कुसुम राई (३.८६), रिश्ता तुम्बापो (३.७९) र युन्छो हाङ लिम्बु (३.७८) क्रमशः प्रदेश प्रथम, द्वितीय र तृतीय भएका हुन्। एउटै कलेजबाट शीर्ष तीन स्थान हासिल गरेर यु एन कलेजले लगातार तेस्रो पटक ऐतिहासिक शैक्षिक
ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक कुटपिटको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज (शुक्रबार)देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन् । घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट गरेको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरेका हुन् ।
धरान/ कोशी प्रदेश प्रिमियर लिगको उपाधी गाईघाट फुटबल क्लबले जितेको छ। बिहीबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा पाँचथर युनाइटेड क्लबलाई ११–0 को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले लिग च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै गाईघाट राष्ट्रिय लिग छनोट प्रतियोगिता अन्तरगत अन्तर प्रदेश लिगमा छनोट भएको छ। त्यस्तै, दोस्रो स्थान हासिल गरेको धनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेश लिगका लागि छनोट भएको छ। कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियन क्लबहरू सम्मिलित प्रतियोगितामा टोलीहरूलाई ४ समूहमा विभाजन गरी समुह चरण तथा फाइनल चरण खेलाइएको थियो। अन्ततः उदयपुरको गाईघाट फुटबल क्लबले ७ अं
विराटनगर/ कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्ययमहरूको अध्ययन तथा आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ। उक्त समितिले प्रदेशका मिडिया हाउसहरूको दिगो विकास, सञ्चारकर्मीहरूको सुरक्षा र व्यावसायिकता प्रवर्द्धनका लागि आवश्यक सुझाव पेश गर्नेछ। बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा, तथा सदस्यहरू मोहनकाजी न्यौपाने र सुमन पुरी रहेका छन्। कोशी प्रदेशमा हाल ५२९ पत्रपत्रिकाहरू र २१६ अनलाइन डिजिटल पत्रिका रहेका