कोभिडका संक्रमित फेरी बढ्न थाल्यो

  • जेठ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ ।
मंगलबार मुम्बईको किङ एडवर्ड मेमोरियल केईएम अस्पतालमा कोभिड– १९ पोजिटिभ दुई बिरामीको मृत्यु भयो ।

मृतक मध्ये ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग थियो ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड– १९ संक्रमित फेला परेका छन ।सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, अप्रिल २७ देखि मे ३, २०२५ सम्मको हप्तामा कोभिड– १९ का घटनाहरूको अनुमानित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्तामा ११,१०० थियो ।

सोही अवधिमा, औसत दैनिक कोभिड– १९ अस्पताल भर्ना हुने संख्या १०२ बाट बढेर १३३ पुगेको छ । थाइल्याण्डमा मे ११ देखि मे १७ सम्ममा ३३,०३० जनामा संक्रमण देखिएको छ भने बैंककमा कम्तिमा ६,००० जनामा संक्रमण देखिएको छ । हङकङमा, चार हप्तामा ९अप्रिल ६ देखि १२० कोभिड– १९ का केसहरू ६।२१ प्रतिशतबाट बढेर १३। ६६ प्रतिशत पुगेको छ ।

पछिल्लो समय एसियामा कोभिड– १९ को नयाँ लहर देखिएको छ । सिंगापुर, हङकङ, चीन र थाइल्याण्ड जस्ता देशहरूमा बढ्दो संक्रमणले चिन्ता बढाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved