भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान निराश

  • जेठ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र झापाको पूर्वी नाका काँकडभिट्टाबाट ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात गरिएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा नेपाल भित्रिएको छ, जुन यो अवधिमा सबैभन्दा बढी हो।

साउनदेखि वैशाखसम्म औसत लाखौँ केजी खरबुजा आयात भैरहँदा स्वदेशी उत्पादन भने बजारमा प्रभावहीन बन्दै गएको व्यवसायीहरूको गुनासो छ।

झापामा व्यावसायिक रूपमा खरबुजा खेती हुँदै आए पनि मूल्य प्रतिस्पर्धामा भारतीय खरबुजासँग पछि परेकाले किसानहरू निराश छन्।

मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालका अनुसार उनीहरूले गत वर्ष १३ बिघा जमिनमा खरबुजा खेती गरेर ३५० मेट्रिक टन उत्पादन गरेका थिए।

तर भारतीय खरबुजा सस्तोमा आयात हुँदा स्वदेशी उत्पादनको मागमा गिरावट आएको उनले बताए।

“गुणस्तरमा ध्यान दिँदा पनि मूल्य प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं, जसका कारण खरिदकर्ता आयातित खरबुजातिर आकर्षित हुन्छन्,” खनालले भने।

गर्मीमा अत्यधिक माग हुने खरबुजाको उच्च परिमाणमा आयातले गर्दा स्वदेशी किसानको उत्पादन जोखिममा परेको देखिन्छ।

ग्रामीण विद्यार्थ ...

धरान/  "सहरकै गुणस्तरीय शिक्षा अब ...

पुण्य क्रियेटिभिटी ह ...

धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक वि ...

गुणस्तरीय शिक्षाको र ...

धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित ...

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved