Top 4

    Showing ११-२० of ९,७८८ items.
  • जमरा राखेर दसैँको स्वागत, आजदेखि सुरु भयो नवरात्र

    धरान/ नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा छ  आज पूजा कोठा वा दसैँघरमा दियो, कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वानसहित पूजा आराधना गरिन्छ । चोखो माटो वा बालुवामा जौँ रोपेर जमरा राखिन्छ, जसलाई विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका लागि जौँ रोप्ने चलन छ । कतिपयले कुल परम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरेका छन् । नेपाल

    • प्रकाशित मितिः असोज २५, २०८३
    • १०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटेपिङ खेल्ने क्रममा आठ वर्षीय बालक गम्भीर घाइते

    धरान/  मोरङको केराबारी गाउँपालिका–८ मा रोटेपिङ खेल्ने क्रममा लडेर आठ वर्षीय बालक गम्भीर घाइते भएका छन् । स्थानीय दुर्गा मन्दिरमा रहेको रोटेपिङ खेल्ने क्रममा केराबारी–८ का चन्द्र खड्काका छोरा सार्थक खड्का शुक्रबार साँझ लडेर घाइते भएका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे रोटेपिङबाट लडेका बालकको टाउको, छाती र अनुहारमा चोट लागेको छ । घाइते बालकलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा ल्याइएको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८३
    • ७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अग्नि सुरक्षा तथा आपत्कालीन प्रतिकार्यसम्बन्धी संयुक्त अभ्यास

    धरान/  आगलागीलगायत विपद्का घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास गरिएको छ । नेपाली सेना श्री भगवतीदल गणको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा आज धरान उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र परिसरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी नमुना अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, धरान उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीको संयुक्त टोलीले आगलागी नियन्त्रण, बारुणयन्त्रको प्रयोग, घाइतेको उद्धार र प्राथमिक उपचारल

    • प्रकाशित मितिः असोज २४, २०८३
    • ७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेन्चुरी मसलाको नयाँ एयरटाइट जार, प्रत्येक खरिदमा १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क

    काठमाडौं/  सेन्चुरी ग्रुपअन्तर्गत दुगड स्पाइसेसले आफ्नो लोकप्रिय सेन्चुरी मसलालाई नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा ल्याएको छ । मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ एयरटाइट जारले मसलाको सुगन्ध र गुणस्तर सुरक्षित राख्न मद्दत गर्नेछ । आकर्षक डिजाइनमा तयार गरिएको जारलाई मसला सकिएपछि पनि घरायसी प्रयोजनका लागि पुनः प्रयोग गर्न सकिनेछ । नयाँ प्याकेजिङसँगै कम्पनीले उपभोक्ताका लागि विशेष अफरसमेत ल्याएको छ । अब सेन्चुरी मसलाको प्रत्येक जार खरिद गर्दा उपभोक्ताले १५ प्रतिशत अतिरिक्त मसला निःशु

    • प्रकाशित मितिः असोज २४, २०८३
    • ४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरायसी विवादले लियो तीनमहिने शिशुको ज्यान

    झापा/ झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटमा तीन महिनाका शिशुको मृत्यु भएको छ। ससुराले बुहारीमाथि कुटपिट गर्ने क्रममा उनको काखमा रहेका शिशु घाइते भएका थिए। दमक नगरपालिका–३ स्थित शिविरको सेक्टर डी–२ मा बिहीबार दिउँसो करिब १ः२० बजे एकै परिवारका सदस्यबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बासिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच झगडा भएको प्रहरीले जनाएको छ। झगडाका क्रममा मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका

    • प्रकाशित मितिः असोज २४, २०८३
    • १८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाईको गोठभित्र जुवा खेल्दै गरेका ५ जना पक्राउ

    झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास्थित गाईको गोठमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ४४ हजार ३५५ रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ करिब ५ः१५ बजे गोप्य सूचनाका आधारमा झलक राउतको गाईको गोठमा छापा मारेको थियो। प्रहरीले जुवा खेलिरहेको अवस्थामा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका ५८ वर्षीय भवानीप्रसाद गुरागाईं, वडा नं. १ गाडागल्लीका ५४ वर्षीय पुरुषोत्तम बराल, वडा नं. ३ मन्दिर टोलका ४८ वर्षीय किशोर गोले, वडा

    • प्रकाशित मितिः असोज २३, २०८३
    • १८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अस्पतालमा सुत्केरीको बिचल्ली, तीन घण्टासम्म अस्पतालको सिँढीमै

    इनरुवा/  सुनसरी जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहेकी एक महिलालाई तीन घण्टासम्म अस्पतालको सिँढी तथा प्यासेजमा राखेर स्वास्थ्य परीक्षण एवम् बेड भर्नासमेत नगरी फिर्ता पठाइएको घटना सार्वजनिक भएको छ । ​सुनसरीको कोशी गाउँपालिका वडा नं.–३ जमुवा निवासी शर्मिला सदा मुसहरलाई सुत्केरी व्यथाले च्यापेपछि उहाँका श्रीमान् देवकुमार सदा र जेठानी फगुनी सदाले सुत्केरी गराउन बुधबार राति जिल्ला अस्पताल इनरुवा ल्याउनुभएको थियो । श्रीमान ​देवकुमारका अनुसार शर्मिलालाई सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेको अवस्थामा अस्पतालको भुइँतलामा छाडेर उहाँहरू अस्पतालको माथिल्लो तला

    • प्रकाशित मितिः असोज २३, २०८३
    • ९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा लागूऔषधसहित अनुश मगर पक्राउ, मोटरसाइकल चालक फरार

     सुनसरी/  सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो ३ः४० बजे कान्छीचोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प २५९३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए। मोटरसाइकलको पछाडि सवार बराहक्षेत्रकै ३० वर्षीय अनुश मगरलाई प्रहरीले खानतलासी गर्दा डाइसाइक्लोमिन (Dicyclomine) १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल (Tramadol) १ हजार ३ सय ९० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नडाहाबाट संय

    • प्रकाशित मितिः असोज २३, २०८३
    • ३२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार दुई प्रतिवादी सुनसरीमा पक्राउ

    इनरुवा/  जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बिहीबार (२०८३ असोज २२ गते) जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–२ निवासी ३२ वर्षीय नाना भन्ने नरेन लोहनीलाई इनरुवा नगरपालिका–४ स्थित सहमति चोकबाट पक्राउ गरिएको छ। त्यस्तै, काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउतलाई इटहरी उपमहानगरपालिका–७ स्थित बालग्रामबाट पक्राउ गरिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असोज २३, २०८३
    • ४६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टीभीएसको महाएक्सचेञ्ज मेला, १० लाखसम्म छुटदेखि २.५ ग्राम सुनको सिक्कासम्म

    इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै इटहरीमा बुधबारदेखि टीभीएसको विशेष मेला शुरु भएको छ ।  पारस अटोमोबाइल्सले ‘अचम्मैको महाएक्सचेञ्ज’ नाम दिएर शुरु गरेको मेला असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । इटहरीको राजस्व ढाटमा हुने मेलामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद, एक्सचेन्ज र टेस्ट राइडका साथै विभिन्न छुट तथा उपहार योजना उपलब्ध हुने आयोजकले जनाएको छ ।  जगदम्बा मोटर्सको आधिकारिक डिलर पारस अटोमोबाइल्सका अनुसार दशैंको अवसर पारेर ग्राहकलाई एकै स्थानबाट सवारी छनोट र खरिदको सुविधा दिने उद्देश्यले मेला आयोजना गरिएको हो ।  उनका

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ११४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved