काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक मङ्गलबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा रास्वपाका प्रवक्ता जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका निस्कल राई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका ध्रुव राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।
धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना प्रतिवादीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले सोमबार खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर भएका उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ का सुदिप राई रहेका छन्। कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भएका राईलाई अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनको फैसला २०८२ साल कात्तिक ३० गते भएको थिय
गाईघाट/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्षेत्रबाट ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र बोलेरोसहित तीन जनालाई नियन्त्रणमा लिएको
काठमाडौं/ अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपालका यातायात मजदुर संगठन र सरकारसँग समन्वय गरी काम गर्ने जनाएको छ। आइटीएफमा आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघसँग भएको भर्चुअल बैठकमा आइटीएफ वल्र्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले बाढी प्रभावित श्रमिकको अवस्था पहिचान, खोजी, उद्धार तथा राहतका लागि आवश्यक सहयोग र समन्वय गरिने बताएका हुन्। उनले आइटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई तत्काल आवश्यक योजना तयार गर्न पनि आग्रह गरेका छन्। बैठक
सुनसरी/ सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली नेपाल भित्र्याइएको करिब १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहित एक अटो चालक पक्राउ परेका छन्। साेमबार राति करिब १ बजे बर्जु गाउँपालिका–४, सितागञ्जमा भारतबाट नेपालतर्फ भन्सार छलीका सामान ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को २ ह ७८२ नम्बरको अटो रोकेर जाँच गरेको थियो। जाँचका क्रममा अटोबाट भन्सार छली ल्याइएको कुर्ता–सुरुवाल ११० थान, अन्दाजी १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सामान ओसारपसारमा संलग्न दुहबी नगरपालिका–१२
धरान/ सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १&ndash
सुनसरी/ सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। प्रहरीले नदी तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनसमेत प्रहरीले अनुरोध गरेको छ।
धरान/चोरी मुद्दामा अदालतबाट ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–८ का ३८ वर्षीय मक्कर भन्ने सुवे परियारलाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार साँझ ६ः३० बजे परियारलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। परियारविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७५ चैत ५ गते चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए। पक्राउ परेका परियारलाई आवश्य
झापा/ भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको करिब ५ लाख रुपैयाँ मूल्यको ५७० किलो फर्सीको बियाँ झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीबाट शनिबार बिहान ठूलो परिमाणमा फर्सीको बियाँ बरामद गरिएको हो। भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएको बियाँ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक योगबहादुर थापाको कमाण्डमा परिचालित गस्ती टोलीले बिहान ३ः४५ बजे तुर्केनी क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा १९ बोरा फर्सीको बियाँ फेला पारेको थियो
धरान/ देशभक्त, जनपक्षीय र सक्षम नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने एजेण्डासहित नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन आगामी भदौ १५ गते धरानमा हुने भएको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घअन्तर्गत रहेको सङ्घले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै भदौ १५ गते सोमबार धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा महाधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो। महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका निर्वाचन क्षेत्रबाट ३/३ जना प्रतिनिधि, एउटामात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट ४ जना तथा काठमाडौं उपत्यकाबाट समेत प्रतिनिध