जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार दुई प्रतिवादी सुनसरीमा पक्राउ

  • असोज २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/  जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बिहीबार (२०८३ असोज २२ गते) जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–२ निवासी ३२ वर्षीय नाना भन्ने नरेन लोहनीलाई इनरुवा नगरपालिका–४ स्थित सहमति चोकबाट पक्राउ गरिएको छ।

त्यस्तै, काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका ३० वर्षीय रत्नबहादुर राउतलाई इटहरी उपमहानगरपालिका–७ स्थित बालग्रामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका प्रतिवादी हुन्।

गाईको गोठभित्र जुवा ...

झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास ...

अस्पतालमा सुत्केरीको ...

इनरुवा/  सुनसरी जिल्ला अस्पताल इनरुवामा सुत्क ...

बराहक्षेत्रमा लागूऔष ...

 सुनसरी/  सुनसरीको बराहक्षेत्र नगरपालिका ...

टीभीएसको महाएक्सचेञ् ...

इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved