सेन्चुरी मसलाको नयाँ एयरटाइट जार, प्रत्येक खरिदमा १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क

  • असोज २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  सेन्चुरी ग्रुपअन्तर्गत दुगड स्पाइसेसले आफ्नो लोकप्रिय सेन्चुरी मसलालाई नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा ल्याएको छ ।

मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नयाँ एयरटाइट जारले मसलाको सुगन्ध र गुणस्तर सुरक्षित राख्न मद्दत गर्नेछ । आकर्षक डिजाइनमा तयार गरिएको जारलाई मसला सकिएपछि पनि घरायसी प्रयोजनका लागि पुनः प्रयोग गर्न सकिनेछ ।

नयाँ प्याकेजिङसँगै कम्पनीले उपभोक्ताका लागि विशेष अफरसमेत ल्याएको छ । अब सेन्चुरी मसलाको प्रत्येक जार खरिद गर्दा उपभोक्ताले १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, सहज रूपमा मसला निकाल्नका लागि प्रत्येक जारभित्र एउटा चम्चासमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

दैनिक भान्सामा प्रयोग हुने मसलाको गुणस्तर र स्वच्छतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्याकेजिङमार्फत उपभोक्तालाई थप सुविधा र मूल्य प्रदान गर्ने अपेक्षा गरेको छ ।

आकर्षक जार, पुनः प्रयोग गर्न मिल्ने सुविधा र अतिरिक्त मसलाको अफरले उपभोक्तालाई थप लाभ पुग्ने कम्पनीको विश्वास छ ।

नेपालको मसला बजारमा आफ्नो पहिचान बनाउँदै आएको सेन्चुरीले उत्पादनको गुणस्तर र प्याकेजिङलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको सेन्चुरी मसलाको नयाँ प्याकेजिङले उपभोक्तालाई थप सहजता प्रदान गर्नुका साथै बजारमा ब्रान्डको उपस्थिति अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले आगामी दिनमा पनि उपभोक्ताको आवश्यकता र हितलाई ध्यानमा राख्दै गुणस्तरीय उत्पादन तथा नयाँ योजनामार्फत बजारमा उपस्थितिलाई निरन्तरता दिने जनाएको छ ।

रोटेपिङ खेल्ने क्रमम ...

धरान/  मोरङको केराबारी गाउँपालिका–८ मा रोटेप ...

अग्नि सुरक्षा तथा आप ...

धरान/  आगलागीलगायत विपद्का घटनाबाट हुने जनधनक ...

घरायसी विवादले लियो ...

झापा/ झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी ...

गाईको गोठभित्र जुवा ...

झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved