Top 4

    Showing १७१-१८० of ९,७८८ items.
  • भन्सार छलेर ल्याइएको १ लाख ३२ हजारको कुर्ता–सुरुवालसहित अटो चालक पक्राउ

    सुनसरी/ सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली नेपाल भित्र्याइएको करिब १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहित एक अटो चालक पक्राउ परेका छन्। साेमबार राति करिब १ बजे बर्जु गाउँपालिका–४, सितागञ्जमा भारतबाट नेपालतर्फ भन्सार छलीका सामान ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को २ ह ७८२ नम्बरको अटो रोकेर जाँच गरेको थियो। जाँचका क्रममा अटोबाट भन्सार छली ल्याइएको कुर्ता–सुरुवाल ११० थान, अन्दाजी १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सामान ओसारपसारमा संलग्न दुहबी नगरपालिका–१२

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउनसुगरसहित ६ जना पक्राउ

    धरान/ सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १&ndash

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशीमा माछा मार्ने, दाउरा टिप्ने र सेल्फी खिच्न रोक

    सुनसरी/ सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। प्रहरीले नदी तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनसमेत प्रहरीले अनुरोध गरेको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार जरिवाना तोकिएका धरानका सुवे परियार पक्राउ

    धरान/चोरी मुद्दामा अदालतबाट ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–८ का ३८ वर्षीय मक्कर भन्ने सुवे परियारलाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार साँझ ६ः३० बजे परियारलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। परियारविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७५ चैत ५ गते चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए। पक्राउ परेका परियारलाई आवश्य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ८२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सार छलेर भारत लैजान लागिएको ५ लाखको फर्सीको बियाँ झापामा बरामद

    झापा/ भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको करिब ५ लाख रुपैयाँ मूल्यको ५७० किलो फर्सीको बियाँ झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीबाट शनिबार बिहान ठूलो परिमाणमा फर्सीको बियाँ बरामद गरिएको हो। भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएको बियाँ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक योगबहादुर थापाको कमाण्डमा परिचालित गस्ती टोलीले बिहान ३ः४५ बजे तुर्केनी क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा १९ बोरा फर्सीको बियाँ फेला पारेको थियो

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्रवादी किरात राई सङ्घको पहिलो महाधिवेशन धरानमा

    धरान/ देशभक्त, जनपक्षीय र सक्षम नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने एजेण्डासहित नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन आगामी भदौ १५ गते धरानमा हुने भएको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घअन्तर्गत रहेको सङ्घले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै भदौ १५ गते सोमबार धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा महाधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो। महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका निर्वाचन क्षेत्रबाट ३/३ जना प्रतिनिधि, एउटामात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट ४ जना तथा काठमाडौं उपत्यकाबाट समेत प्रतिनिध

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • १७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशीको बाढीपछि धरानका भूगर्भविद् मुकेश बेपत्ता, परिवारमा बढ्यो चिन्ता

    धरान/भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली–३ क्षेत्रमा प्रवेश गरेपछि धरानका भूगर्भविद् मुकेश नेपाल सम्पर्कविहीन भएका छन्। बाढी आएको दिनदेखि मुकेशको अवस्था अज्ञात रहेपछि धरान–६ पानबारीस्थित उनको परिवार गहिरो चिन्तामा परेको छ। त्रिशूली–३ आयोजना अन्तर्गत हेवा जलविद्युत् परियोजनामा भूगर्भविद्का रूपमा कार्यरत मुकेशले मंगलबार साँझ परिवारसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि भने उनको मोबाइलमा सम्पर्क हुन नसकेको उनका बुबा रमेश नेपालले बताए। ‘नेपाल सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया आएको छैन। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग समन्वय गर्दा पनि आयोजनासँग पर्याप्त समन

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशी बाढीपीडितको घाउमा बराहक्षेत्रको मल्हम, भत्ता–पारिश्रमिक सहयोग र बेपत्ता परिवारलाई ५० हजार

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीपीडितको राहत तथा उद्धारका लागि जनप्रतिनिधिको भत्ताबाट , कर्मचारी शिक्षक , स्वास्थ्यकर्मीको पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिवार बिहान बसेको कार्यापालिका तथा नगर स्तरिय विपद व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधिको भत्ताबाट नगर प्रमुखबाट १० हजार , उपप्रमुखबाट ७ हजार , वडा अध्यक्षहरुमा ५ / ५ हजार , कार्यपालिका सदस्यहरुबाट २/२ हजार त्यस्तै वडा सदस्यहरुबाट १ हजार ५ सय र नगरपालिका मातहतका अधिकृत स्तर भन्दा माथिका तहका कर्मचारीबाट ३ दिनको अन्य तहका कर्मचारी , शिक्षक तथा नगर अस्पताल र चतरा अस्पतालमा कार्यरत स्व

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • १३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विशेष प्रार्थनासँगै बाढीपीडितका लागि अन्जुमन इस्लामियाले राहतकोषमा दियो ७५ हजार

    धरान/ गत भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटकोशी र त्रिसुली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै शुक्रबार धरान-३ स्थित धरान जामे मस्जिद नेपालले सरकारको राहतकोषमा सहयोग रकम प्रदान गरेको छ । उक्त घटनामा परि मृत्यु हुने मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बिध्वंसकारी बाढीबाट पिडितहरुको शान्तिको निम्ति र यथाशिघ्र जनजिवन सामान्य होस भनी विशेष प्रार्थना गरिएको अन्जुमन इस्लामिया धराना महासचिव अफाक अहमदले जानकारी दिए । भोटेकोशी र

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ७९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

    काठमाडौँ/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी ९पूर्व० मा १३४, नवलपरासी ९पश्चिम० मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । सम्

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved