मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

  • भदौ १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी ९पूर्व० मा १३४, नवलपरासी ९पश्चिम० मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् ।

गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ ।

प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार जना रहेका छन् । त्यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्कविहीन छन् ।

यसैगरी मकवानपुरबाट ६६ जना तथा ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।

नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीबाट ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन् ।

भोटेकोशीको बाढीपछि ध ...

धरान/भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली&ndas ...

भोटेकोशी बाढीपीडितको ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीम ...

विशेष प्रार्थनासँगै ...

धरान/ गत भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढ ...

भोटेकोशी बाढी : चार ...

काठमाडौं/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved