बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीपीडितको राहत तथा उद्धारका लागि जनप्रतिनिधिको भत्ताबाट , कर्मचारी शिक्षक , स्वास्थ्यकर्मीको पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
शनिवार बिहान बसेको कार्यापालिका तथा नगर स्तरिय विपद व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधिको भत्ताबाट नगर प्रमुखबाट १० हजार , उपप्रमुखबाट ७ हजार , वडा अध्यक्षहरुमा ५ / ५ हजार , कार्यपालिका सदस्यहरुबाट २/२ हजार त्यस्तै वडा सदस्यहरुबाट १ हजार ५ सय र नगरपालिका मातहतका अधिकृत स्तर भन्दा माथिका तहका कर्मचारीबाट ३ दिनको अन्य तहका कर्मचारी , शिक्षक तथा नगर अस्पताल र चतरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको २ दिनको पारिश्रमिक संघिय सरकारले जारि गरेको प्रधानमन्त्री दैबिक कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
त्यस्तै भोटेकोशीमा आएको भीषण बाढी कारण बेपता भएका नगरबासिको परिबारलाई खोजी कार्यमा सहयोग गर्न ५० हजारको दरले सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगर प्रमुख तथा नगर स्तरिय विपद् व्यवस्थापन समितिको संयोजक रमेश कार्कीको अध्यक्षता बसेको उक्त बैठकमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, वडाअध्यक्षहरु , कार्यपालिका सदस्यहरु , नगरपालिका कार्यालयका शाखा प्रमुखहरु , उद्योग बाणिज्य संघ बराहक्षेत्र , उद्योग बाणिज्य संघ चतरा , नेपाल रेडक्रश सोसाईटीका पदाधिकारीहरुको सहभागिता रहेको बैठकले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी गौरी रायले जानकारी दिए ।
भोटेकोशीमा आएको भीषण बाढी कारण गोसाइँकुण्ड गएका बराहक्षेत्र -११ का छविकेशर काफ्ले, रसुवा भन्सार कार्यालय निर्माणमा कार्यरत मणिकरण राई , टिमुरेमा ट्रक चालक बराहक्षेत्र- ७ का भुवनबहादुर श्रेष्ठ , रसुवाको कैलास होटलमा कायरत बराहक्षेत्र - ३ कि रुबिना कुमारी धामी र हाइट्रो पावरमा सेकुरेटिगाडमा कार्यरत वराहक्षेत्र–४ का मोहन माझी सम्पर्कविहीन भएका छन् ।
बैठकले संघिय सरकारले जारि गरेको प्रधानमन्त्री दैबिक कोषमा आर्थिक सहयोग गर्न आब्हान गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै उद्योग बाणिज्य संघ बराहक्षेत्र , उद्योग बाणिज्य संघ चतरा , नेपाल रेडक्रश सोसाईटी बराहक्षेत्रको संयोजनमा राहतकालागि आवश्यक जिन्सि तथा खाद्यन संक्लन गरि हस्तान्तरण गर्न समेत निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
बैठकले बाढिबाट मृत्यु भएका प्रति शोक ब्यक्त गर्दै श्रदाञ्जली , परिवारजनमा सम्वेदना र घाईते प्रति स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।