भन्सार छलेर ल्याइएको १ लाख ३२ हजारको कुर्ता–सुरुवालसहित अटो चालक पक्राउ

  • भदौ १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली नेपाल भित्र्याइएको करिब १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहित एक अटो चालक पक्राउ परेका छन्।

साेमबार राति करिब १ बजे बर्जु गाउँपालिका–४, सितागञ्जमा भारतबाट नेपालतर्फ भन्सार छलीका सामान ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को २ ह ७८२ नम्बरको अटो रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा अटोबाट भन्सार छली ल्याइएको कुर्ता–सुरुवाल ११० थान, अन्दाजी १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले सामान ओसारपसारमा संलग्न दुहबी नगरपालिका–१२, सितापुरीका ३५ वर्षीय दिपक पासवानलाई अटो र बरामद लत्ताकपडासहित नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका पासवान, अटो तथा बरामद सामानलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

फरार प्रतिवादीमाथि ध ...

धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ...

११ क्विन्टल गाँजासहि ...

गाईघाट/  उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्ध ...

रसुवा बाढी प्रभावित ...

काठमाडौं/ अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइ ...

सुनसरीबाट ब्राउनसुगर ...

धरान/ सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved