मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो प्रदेशसभा सांसदहरू चढेको कार र प्रहरीको डीएसपीले चलाएको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। झापाबाट विराटनगर आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापातर्फ गइरहेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर ठोक्किएका हुन्। बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशसभा सदस्यहरू मैयाँ श्रेष्ठ लावती (नेपाली कांग्रेस) राधाकृष्ण खनाल (एमाले), नम्बरलाल धिमाल (एमाले) र विद्या चाम्लिङ (नेकपा एकीकृत समाजवादी) सवार थिए। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। दुर्घटनाको समयमा सांसद सवार कार झ
बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित बालसन्त आश्रमको पछाडिपट्टि कोसी नदीको भंगालोमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मिति २०८२ साल जेठ ४ गते साँझ करिब ६ बजे फेला परेको शव करिब ३५ देखि ४० वर्ष उमेरको पुरुषको भएको अनुमान गरिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली र अपराध स्थल अनुसन्धान (SOCO) टोली खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। शवको हुलिया: • उचाइ: करिब ५ फिट ४ इन्च • वर्ण: गहुँगोरो • कपाल: कालो • शरीर: मझौला • अनुहार हेर्दा पहाडी मूल
झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझै पुनर्निर्माण हुन सकेको छैन। स्थानीय सरकारदेखि संघीय तहसम्मको बेवास्ता र ढिलासुस्तीकै कारण सो पुल अलपत्र अवस्थामा रहेको छ। जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्न बाध्य स्थानीयवासी अब सरकारको उदासीनताप्रति खुलेर आक्रोशित छन्। विर्तामोड–अर्जुनधारा हुँदै इलामको माइ नगरपालिकालाई जोड्ने सो पुल अत्यन्तै महत्त्वपूर्ण भए पनि संरचना भत्किएपछि सरकारले हालसम्म नयाँ पुल निर्माणका लागि ठोस पहल गर्न सकेको छैन। अहिले पनि साना सवारी साधनले मात्र पुल प्रयोग गरिरहेकाले यात्रु र चालकहरू दिनहुँ जोखिम बेहो
काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर सरकारी अनुदान रकम हिनामिना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सर्लाहीको बागमती नगरपालिकामा सागरनाथ वन विकास परियोजनाअन्तर्गत माछा नभएको स्थानमा पोखरी निर्माण भएको देखाएर पटक–पटक अनुदान रकम निकासा गरिएको र करोडौं रुपैयाँको दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको हो। प्रतिवादीमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन मेयर भरत कुमार थापा, प्रमुख प्रशासकीय अधिकृत वि
धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रदेश सिजन थ्रीका प्रतिश्पर्धीहरु प्रशिक्षणमा व्यस्त रहेका छन । विवाहित महिलाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्धेश्यले डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा यहि जेष्ठ १५ गते हुन लागेको ग्रान्ड फिनालेका लािग उनिहरु प्रशिक्षणमा व्यस्त वनेका हुन । उनिहरुलाई मिसेस स्टेटका कोरियोग्रफर डिजे ललित राईले प्रशिक्षण गराइरहेका छन । सहभागिहरुको शारिरिक तथा मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि सम्वन्धित विषयका विज्ञहरु द्धारा प्रशिक्षण गराइरहेको आयोजक वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठले जानकारी गराइन । सहभागिहर
विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। त्यसैदिन दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसैगरी, धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की २७ वर
धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूबीच सञ्चालित प्रदेशस्तरीय वक्तृत्व प्रतियोगिता “एस.ई.ई. स्पिकर–२०८१ सिजन–५” को सेमिफाइनल चरण शनिबार सम्पन्न भएको छ। धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा सम्पन्न सेमिफाइनलमा प्रतिस्पर्धा गरेका २२ जना मध्ये १५ जना विद्यार्थी फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्। फाइनलमा स्थान बनाउने प्रतिभाहरू फाइनलमा पुग्न सफल विद्यार्थीहरूमा इटहरीको शिक्षादीप एकेडेमीकी समीक्षा पौडेल, धरानको लोटस इङ्लिस बोर्डिङ स्कुलकी सृष्टिका राई, पब्लिक हाईस्क
सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासिने जोखिम बढेको छ । भौगर्भिक अध्ययनबाट विराटनगर सिंकहोल (जमिन भासिने)को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो । खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान सिंकहोलको उच्च सम्भावित जोखिममा छन् । जमिनको सतह कमजोर, जलनिकास प्रणाली अव्यवस्थित र उच्च जनघनत्वका कारण जमिन भासिने जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । यसअघि पनि विराटनगरका केही स्थानमा सामान्य जमिन फाट्ने, धसिने र घरको आँगनमा धाँजा पर्ने समस्या देखिको थियो । जमिनको सतहमुनिको संरचना कमजोर रहेको भन्दै खा
भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित ‘गोल्मे राजा, गोल्मे रानी भिर’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। ऐतिहासिक किंवदन्ती र अद्वितीय प्राकृतिक स्वरूप बोकेको यो स्थल अझैसम्म राज्यको प्राथमिकतामा पर्न सकेको छैन। स्थानीयवासी पाण्डव राईका अनुसार परापूर्वकालमा गोल्मे राजा र रानी धनकुटाको राजारानीतर्फ जन्ती लिएर जाँदै गर्दा यसै भिरमा आइपुग्नेबित्तिकै अचानक सम्पूर्ण जन्ती अलप भएको जनविश्वास रहिआएको छ। यही किंवदन्तीको आधारमा यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको हो। “यहाँ आज पनि जन्तीझैँ लहरै र
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट इलामतर्फ जाने सडक खण्ड अहिले गुलमोहरका ढकमक्क फुलहरूले रङ्गीन बनेको छ। हरियाली चिया बगानको बीचमा राताम्य भएर फुलेका गुलमोहरहरूले यो सडक खण्डलाई झन् आकर्षक बनाएका छन्। पर्यटक र यात्रुका लागि फोटोग्राफी तथा भिडिओ बनाउने उपयुक्त पृष्ठभूमिका रूपमा परिचित यो क्षेत्र सामाजिक सञ्जालमा 'ट्रेन्डिङ' बन्न थालेको छ। ‘टिकटक रोड’ नाम दिइएको आधा किलोमिटर सडक खण्डमा दैनिक हजारौँको चहलपहल देखिन्छ। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँका अनुसार चहलपहलको औपचारिक तथ्यांक नभए पनि दैनिक रूपमा यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ। पालिक