धरानकी इचिङ्सा लिम्बु अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको उत्कृष्ट ९ मा

  • साउन ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता मेरो डान्स युनिभर्स मा धरानकी उदयीमान नृत्य कलाकार इचिङ्सा लिम्बु उत्कृष्ट ९ मा स्थान बनाउन सफल भएकी छन्।

सोमबार सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै उनले निर्णायकहरू र दर्शकको मन जित्दै उत्कृष्ट ९ मा स्थान सुरक्षित गरेकी हुन्। अघिल्लो चरणदेखि सुरु भएको भोटिङ राउण्डमा निर्णायकको मूल्याङ्कन र जनमतका आधारमा उनले ५६६ अंक प्राप्त गरेकी थिइन्, जसले आगामी चरणमा अघि बढ्न सघाउनेछ।

झापाको बिर्तामोडमा सम्पन्न अडिसनमार्फत प्रतिस्पर्धामा प्रवेश गरेकी इचिङ्साले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्दै आएकी छन्। उत्कृष्ट १३ बाट सुरु भएको भोटिङ प्रक्रियामा उल्लेखनीय भोट हासिल गर्दै उनी हाल उत्कृष्ट ९ सम्म आइपुगेकी हुन्।

२५ भन्दा बढी देशका हजारौं प्रतिस्पर्धीहरू सहभागी रहेको प्रतियोगिता हाल काठमाडौंमा सञ्चालन भइरहेको छ। ती प्रतिस्पर्धीहरूलाई पछि पार्दै इचिङ्साले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई सफलतापूर्वक प्रस्तुत गरेकी छन्।

प्रतियोगिताको पुरस्कार राशिः
– प्रथम पुरस्कार: १ करोड रुपैयाँ
– द्वितीय पुरस्कार: ७५ लाख रुपैयाँ
– तृतीय पुरस्कार: ५० लाख रुपैयाँ

प्रतियोगिता इन्ट्रा–नेसनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भइरहेको हो।

इचिङ्सालाई भोट दिनेसम्बन्धी जानकारीः
– मोबाइल एपबाट: My IntraFoundation एप डाउनलोड गरी भोट गर्न सकिने।
– सन्देशमार्फत: मोबाइलको म्यासेजमा MDU 03 टाइप गरी 37000 मा पठाउने।

धरानको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरिरहेकी इचिङ्सा लिम्बुलाई आगामी चरणमा भोट गरेर सघाउन सकिन्छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved