१ सय ३३ किलो गाँजासहित कार खेतमा फेला, चालक फरार

  • साउन ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

रौतहट/ रौतहट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजासहित एक कार बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कार बाट १ सय ३३ किलो गाँजा फेला परेको हो।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मङ्गलवार बिहान चेकजाँचको क्रममा कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा कार भगाएका थिए।
प्रहरीले तत्कालै पछ्याउँदा गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा सो गाडी फेला परेको उनले बताए।

तर, कारमा सवार व्यक्ति भने उखुबारी हुँदै फरार भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले क्रेनको सहायताले गाडी बाहिर निकाली जाँच गर्दा १ सय ३३ किलो गाँजा भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved