Top 4

    Showing 1,401-1,410 of 9,373 items.
  • एसईई आइडलको पाँचौँ संस्करण : खिना, रोहन र मिसुले जिते उपाधि

    धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’को पाँचौँ संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले उपाधि चुमेका छन् । धरानमा आयोजना गरिएको प्रतियोगितामा सिङ्गिङ (गायन) मा खिना राना मगर, डान्सिङ (नृत्य) मा रोहन दर्नाल र वक्तृत्वकलामा मिसु प्रधान विजेता घोषित भएका हुन् । विजेताहरूले नगद पुरस्कारसँगै कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिम जस्ता अवसर प्राप्त गरेका छन् । गायन र नृत्यतर्फका विजेताहरूले जनही ५० हजार रुपैयाँ नगद र वक्तृत्वतर्फका विजेताले ६० हजार रुपैयाँ नगद प्राप्त गरे । २०७५ सालदेखि सुरु भएको सो

    • प्रकाशित मितिः असार ७, २०८२
    • 1,216 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुना–टपरी र बात्ती बनाउन विष्णु मेमोरियल स्कूलमा दुई दिने तालिम

    धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार्थीहरूलाई मौलिक सीप सिकाउने उद्देश्यले दुना, टपरी र बात्ती बनाउन तालिम सञ्चालन गरेको छ। विद्यालयले कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो। जुनियर युवा रेडक्रस सर्कलको पहलमा शुक्रबार र शनिबार गरी तालिम सञ्चालन भइरहेको छ। “हाम्रा नानीहरू व्यवहारिक ज्ञानमा कमजोर हुँदै गएका छन्, मौलिकता हराउँदैछ, बिर्सिँदैछ,” विद्यालयका शिक्षक भवानी प्रसाद खतिवडाले भने। “पितापुर्खाहरूले प्रयोग गर्दै आएको दुना, टपरी र बात्ती जस्ता मौलिक सीपहरू नयाँ पुस्तालाई सिकाउनु जरुरी छ। त्यसैले हामीले

    • प्रकाशित मितिः असार ७, २०८२
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश स्तरीय बास्केटबलमा धनकुटा र भोजपुर सेमिफाइनल प्रवेश

    धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगितामा धनकुटा र भोजपुरले सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीवार सम्पन्न खेलमा धनकुटाले उदयपुरलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्‍यो। खेलमा धनकुटाले पहिलो क्वाटरमा १५–४, दोस्रोमा १३–३, तेस्रोमा १३–१३ र अन्तिम क्वाटरमा १४–४ अंक बटुलेको थियो। म्यान अफ द म्याच घोषित भएका धनकुटाका नविन राईलाई सुनसरी बास्केटबल संघका उपाध्यक्ष विवेक राईले ट्रफी प्रदान गरे। अब धनकुटाले आयोजक जिल्ला सुनसरीसँग फाइनल प्

    • प्रकाशित मितिः असार ७, २०८२
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘एसईई स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड सम्पन्न

    धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशीलता, अभिव्यक्तिको सुधार र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजित ‘एसईई स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। कार्यक्रम र्याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उपमहानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४ स्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको हो। फाइनल चरणमा पुगेका वक्ताहरूले “नशा होइन, सीप र सृजनामा युवा” र “बिजयपुर: ऐतिहासिक र पर्यटनको गन्तव्य” शीर्षकमध्ये एक रोजेर आफ्ना धारणा प्र

    • प्रकाशित मितिः असार ७, २०८२
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यान्सर बिरामीका लागि धरानमै पहिलोपटक ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु

    धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गर्दै ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत अब अस्पताल आउन कठिन भएका बिरामीलाई आवश्यक उपचार र हेरचाह स्वास्थ्यकर्मीको टोलीले घरमै गएर दिनेछ। क्यान्सरका कारण थलिएका, पीडित अवस्थामा रहेका बिरामी तथा आफन्तलाई सहजता पुर्‍याउने उद्देश्यले सेवा प्रारम्भ गरिएको हो। यो सेवा हाल काठमाडौं उपत्यका बाहिरकै पहिलो होम बेस्ड हस्पाइस केयर सेवा भएको बीपीएसएसले जनाएको छ। इच्छुक बिरामी वा आफन्तजनले प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग (अन्कोलोजी युनिट) सँग समन्वय

    • प्रकाशित मितिः असार ६, २०८२
    • 1,271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेम सम्बन्धको तिक्तताले हिंसात्मक रुप : युवतीले प्रेमीमाथि छुरा प्रहार, आफैँ पनि घाइते

    सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले हिंसात्मक रुप लिएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् । छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको हो । प्रहरीका अनुसार ती युवती अचानक अशोक बस्दै आएको कोठामा पुगिन् र छुरा प्रहार गरिन् । त्यसपछि आफैँ घरको छतबाट हामफालेर भाग्ने प्रयास गर्दा उनी पनि घाइते भएकी छन् । अशोकको हाल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने युवती सामा

    • प्रकाशित मितिः असार ६, २०८२
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा राजनीतीकरण: धरानेहरुको चिन्ता

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसएस) को उपकुलपति नियुक्तिमा भइरहेको राजनीतिक हस्तक्षेप र अस्वस्थ प्रतिस्पर्धाका कारण धरानवासी चिन्तित भएका छन् । धरानस्थित यो प्रतिष्ठान स्वास्थ्य सेवा र शिक्षण संस्थाको अवधारणासहित २०५० सालमा स्थापना भएको थियो । सन् १९९३ मा स्थापना भई सन् १९९८ मा स्वास्थ्य विश्वविद्यालयको रुपमा परिणत भएको यो संस्था स्वशासित र स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो । स्थापना कालखण्डमा राजनीतिबाट टाढा रहेर अघि बढेको प्रतिष्ठान पछिल्लो समय भने राजनीतिक भागबण्डा र आर्थिक चलखेलको अखडामा परिणत हुँदै गएको छ । यही कारणले धरानका स्थानीयले उपकुलपति नियुक्तिमा स

    • प्रकाशित मितिः असार ६, २०८२
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रसायनिक मल हिनामिना प्रकरणमा फरार अभियुक्त पक्राउ

    ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंबाट दोषी ठहर भई फरार रहेका दिलचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–११ निवासी ५२ वर्षीय राईलाई विशेष अदालतको २०७९ साल भदौ २८ गतेको फैसला अनुसार २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना तोकिएको थियो। सो फैसला पश्चात् लामो समयदेखि लुकीछिपी फरार रहेका राईलाई प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दै गएको थियो। यसै क्रममा मिति २०८२ साल असार ५ गते दिउँसो १ बजे ईटहरीको भवानीपुरस्थित सामुदायिक प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उनलाई निजकै घर आसपासबाट पक्राउ गरेको हो।

    • प्रकाशित मितिः असार ६, २०८२
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० वर्षसम्म नेपाललाई पुग्ने ग्यास भेटियो

    सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहासमै पहिलोपटक दैलेखमा पर्याप्त मात्रामा मिथेन ग्यास फेला परेको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितका अनुसार प्रतिवेदनमा झण्डै १ सय १२ अर्ब घनमिटर ग्यास रहेको उल्लेख छ, जुन नेपाललाई आगामी ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ । अन्तिम प्रतिवेदन आउन केही समय लाग्ने भएकाले हामीले प्रारम्भिक रिपोर्ट मागेका थियौं, नापितले भने, ूत्यसमा पर्याप्त मात्रामा प्र

    • प्रकाशित मितिः असार ६, २०८२
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘श्रमको कदर मात्रै, भुक्तानी होइन’ : मेयर साम्पाङको दाबी, ‘गैरकानुनी योजना’ : उपमेयर बेघाको आरोप

    धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्याबियन जालीको कामलाई लिएर धरान उपमहानगरपालिकाभित्रै मेयर हर्कराज साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघाबीच खुल्ला जुहारी भएको छ । श्रमदानका नाममा डोरहाजिर गरी भुक्तानीको प्रक्रिया अगाडि बढाइएको आरोप लागेपछि दुबै पक्षले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो पक्ष प्रष्ट पारेका छन् । मेयर साम्पाङले बिहान ११ बजे कार्यकक्षमा पत्रकार सम्मेलन गरी "श्रमदानको कदरस्वरूप मात्र डोरहाजिर गरिएको, भुक्तानीको लागि नभएको" दाबी गरे । त्यसको केही घण्टापछि दिउँसो १ बजे उपमेयर बेघाले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी "योजना नै गैरकानुनी ढं

    • प्रकाशित मितिः असार ६, २०८२
    • 769 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved