धरान/ धरानका सञ्चारकर्मीहरु स्थानीय सरकारबाटै असुरक्षित भएकोप्रति सरोकारवाला पक्षले सर्वत्र चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल सुनसरीले क्यान्लेन्डर सार्वजनिक तथा अक्षय कोष निर्माणको घोषणाका क्रमम यस्तो बताएका हुन् ।पछिल्लो समय धरानमा स्थानीय सरकारबाटै सञ्चारकर्मीहरु असुरक्षित भएसँगै सरोकारवाला पक्षहरुको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस चौतारी सुनसरीले प्रकाशित गरेको क्यालेन्डर सार्वजनिक तथा ‘प्रेस नेपाल सुनसरी अक्षय कोष’ निर्माणको घोषण कार्यक्रममा बोल्ने सञ्चारकर्मी तथा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कर्यक्रममा बोल्दै कोशी प्रदेश सांसद विजय राईले आफ्न
धरान/धरानकी उदयीमान नृत्य कलाकार इचिङ्सा लिम्बु मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको उत्कृष्ट १० मा स्थान बनाउन सफल भएकी छन्। सोमबार सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै उनी उत्कृष्ट १० मा प्रवेश गर्न सफल भएकी हुन्। हाल उनी प्रतियोगिताको भोटिङ चरणमा प्रवेश गरिसकेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न अडिसनबाट छानिएर ‘मेरो डान्स युनिभर्स’को यात्रामा अगाडि बढेकी इचिङ्साले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्दै आएकी छन्। उत्कृष्ट १३ बाट सुरु भएको भोटिङ प्रक्रियामा उल्लेखनीय मत प्राप्त गर्दै उनी अहिले उत्कृष्ट १० मा पुगेकी हुन्। उक्त
धरान/धरान उपमहानगरपालिका–५ का सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याक्खा र नगरप्रमुख हर्क साम्पाङका समर्थक मणिराज राईले समाचार संकलनमा अवरोध गर्दै पत्रकारमाथि दुर्व्यवहार गरेको विषयमा सार्वजनिक माफी मागेका छन्। इलाका प्रहरी कार्यालय धरानमा मंगलबार आयोजित छलफलका क्रममा प्रहरी निरीक्षक कोमल ठाकुरको रोहबरमा दुर्व्यवहारमा संलग्न याक्खा र राईले पत्रकारहरूमाथि आफूहरूले गरेका अभद्र व्यवहारप्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाएका हुन्। छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ सुनसरीका सचिव पर्शुराम बा
धरान/ सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा गोपाल श्रेष्ठ भारी मतान्तरसहित अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। श्रेष्ठले आफ्ना प्रतिस्पर्धी शिवराज श्रेष्ठलाई ९५८ मतले पछि पार्दै १६०५ मत प्राप्त गर्नुभयो। शिवराज श्रेष्ठ ६४७ मतमा सीमित रहनुभयो। उद्योग सदस्य पदमा कृष्णप्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५० र महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै विजयी हुनुभयो। त्यस्तै, उमेश अग्रवालले २१३, खड्गबहादुर बस्नेत (राजु)ले २१६ र शिवानन्द साहले २६१ मत प्राप्त गर्दै पराजित हुनुपर्यो। वाणिज्यतर्फ महिला सदस्यमा वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै ममता शाक्यलाई पराजित गर्न
उदयपुर/ उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गमा तरकारी बोकेको बोलेरो गाडीबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ। असार ३० गते अपरान्ह कटारीबाट सिराहाको मिर्चैया तर्फ जाँदै गरेको को.१ज १२७५ नम्बरको बोलेरो गाडीलाई चेकजाँचका क्रममा रोकेर जाँच गर्दा १२ वटा बोरामा लुकाइएको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। तरकारीको नाममा अवैध गाँजा लुकाएर तस्करी गर्न खोजिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्
इटहरी/ इटहरीलाई आफ्नो कर्मथलो बनाएर गीत संगीतमा लागेकी गायिका सुनिता कटवालले हिन्दुनारीहरुको महानपर्व तीजलाई ध्यानमा राखेर मौलिक तीज गीत आफ्नो यूटुब च्यानलमार्फत सार्वजनिक गरेकी छन् । सुनिता कटवाल नामक आफ्नै यूटुब च्यानल मार्फत उनले लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरेकी हुन् उक्त गीतले परम्परागत तीज संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको छ । निसाद संगीत पाठशाला समेत सञ्चाल गर्दै आएकी उनको गीतमा बनेको म्यूजिक भिडियो पनि उत्कृष्ट छ । सो तीज गीतको शब्द÷संगीत बिष्णु भट्टले तयार गरेका हुन् । देबेश राईले गीतलाई राम्रो
सुनसरी/ इटहरी उपमहानगरपालिकामा जनहितमा जारी सूचनाको नाममा खुलेआम विज्ञापन लुटधन्दा चलेको खुलासा भएको छ। नगरको प्रमुख प्रशासकीय अधिकृतदेखि लेखा शाखा, योजना शाखा, नगर प्रमुखको सचिवालयसम्मको मिलेमतोमा करोडौं रुपैयाँको अनियमितता भएको पाइएको छ। २०७९ सालदेखि मौलाउँदै गएको यो लुटधन्दा हालका मेयर हेमकर्ण पौडेलको कार्यकालमा झनै तीव्र भएको हो। आर्थिक वर्ष २०८०/८१ मा मात्रै करिब ९३ लाख ७१ हजार ८४९ रुपैयाँ बराबरका सूचना तथा विज्ञापनहरू केवल १५ प्रतिशत छुटमा छपाइएका छन्। यद्यपि ६० प्रतिशतसम्म छुट दिने प्रस्ताव समेत दर्ता भइसकेको थियो। जेपी मिडिया प्रालिको प्रस्ताव दबाइयो २०८१ साल स
इलाम/ झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानीसम्म पुग्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको तीन दशक बितिसक्यो। तर, अझै यो ३३ किलोमिटर सडक पुरा हुन सकेको छैन। करोडौँ खर्च भइसके पनि सडक निर्माण अलपत्र पर्दा हजारौं नागरिक दैनिक सास्ती भोग्न बाध्य छन्। दमक–चिसापानी सडक झापा, इलाम र पाँचथरलाई जोड्ने प्रमुख पहुँच मार्ग हो। यही बाटो भएर स्थानीयले कृषि उत्पादन बजारमा पुर्याउने गर्छन् भने दैनिक यात्रा पनि यही बाटो हुँदै हुन्छ। तर, सडक नबन्दा यात्रा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बन्छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक र पूर्व सभा
-कुमार थापा वर्तमान शासन व्यवस्थामा जनप्रतिनिधि र कर्मचारी दुई पाटे सन्तुलन हुन-एकअर्काको अनुपूरक,एउटाले अर्कोलाई अवहेलना गर्न थालेमा तन्त्रको मर्म डगमगाउँछ, समृद्धिको सपना ध्वस्त हुन्छ। त्यसकारण राष्ट्रसेवक कर्मचारीहरूप्रति मेरो उच्च सम्मान छ, तर त्यो सम्मान अन्धो छैन । न त म सबैलाई एउटै तुलोमा जोख्ने गल्ती गर्छु। किनभने यो सत्य हो-धेरै कर्मचारीहरू इमानदार, कर्मनिष्ठ र सेवा भावले प्रेरित छन्। तर यसैबीच यस्ता पनि छन्, जसले पदको सदुपयोग होइन, भयङ्कर दुरुपयोग गरिरहेका छन् । जनप्रतिनिधिको सुझाव होइन, अपमान खोज्छन्; आफ्नो कर्तव्य होइन, दादागिरी देखाउँछन्। ती ‘सेवक’
रंगेली/ मोरङको रंगेली नगर अस्पताल देशभरका स्थानीय तह अन्तर्गतका अस्पतालहरूमध्ये नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गत सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा लगायतका विभिन्न सूचकहरूमा भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक हासिल गर्दै अग्रणी स्थान सुरक्षित गरेको हो। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाका अनुसार, हरेक ६–६ महिनामा गरिने मुल्यांकनमा पछिल्लो पटक रंगेली अस्पतालले महत्वपूर्ण सुधार गर्दै उल्लेखनीय अंक प्राप्त गर्न सफल भएको हो। “स्थानीय तह मातहतका अस्पतालहरूमध्ये रंगेली अस