सुनसरीमा दुई लाखभन्दा बढीका पटका बरामद

  • असोज २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/तिहार नजिकिँदै गर्दा अवैध रूपमा भित्र्याइएका पटकाहरु (आतसबाजी सामग्री) सहित दुई लाख साठी हजार रुपैयाँ बराबरका सामान प्रहरीद्वारा बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा मिति २०८२ असोज २१, २२ र २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र त्यसअन्तर्गतका प्रहरी टोलीले विभिन्न स्थानमा सघन चेकजाँच सञ्चालन गरेको थियो।

सो क्रममा लुकाइछिपाइ राखिएका विभिन्न प्रकारका पटकाहरु फेला पारी कानुनी प्रकृया अनुसार बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

बरामद गरिएका सामानको प्रारम्भिक मूल्यांकन अनुसार कुल रकम अन्दाजी दुई लाख साठी हजार रुपैयाँ बराबर हुने प्रहरी कार्यालयले जनाएको छ।

बरामद सामग्री हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको बताइएको छ।

प्रहरीले तिहारका बेला अवैध आतसबाजी र पटका प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यस्ता वस्तुहरूले जनधनको क्षति र दुर्घटना हुने सम्भावना भएकाले प्रहरी सशक्त अनुगमनमा रहेको पनि जनाइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved