Top 4

    Showing १,०२१-१,०३० of ९,७९३ items.
  • फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

    धरान/  फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ । क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो ।समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो । दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रतिथप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको क्लवका

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

    सुनसरी/  इनरुवा–४, पूर्व–पश्चिम राजमार्गस्थित इनरुवा पूर्व बस स्ट्यान्ड नजिक लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंसिर ७ गते दिउँसो करिब २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले सप्तरी राजगढ–३ का २९ वर्षीय दिलिप कुमार मण्डल र हनुमाननगर–६ का ২৩ वर्षीय शिवदत्त मण्डललाई पक्राउ गरेको हो। चेकजाँच तथा खानतलासीका क्रममा दिलिप कुमार मण्डलको साथबाट दुई वटा बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा ब्राउनसुगर १०२ ग्राम र १००

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ५१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निवृत प्रहरीलाई मजदुरको माया

    धरान/ प्रहरी सेवामा उत्कृष्ठ काम गरेबापत धराने जनताले सिंघमको उपाधी दिएको धरान वडा प्रहरी कार्यालयका प्रमुख हाल निवृत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले सम्मान सहित विदाइ गरेको छ ।  यही मंसिर १ गतेदेखि तीस वर्षे प्रहरी सेवाबाट निवृत हुनुभएका खत्रीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले खुकुरी प्रदान गर्दै सम्मान र खदा पहिरियाइदिएर विदाइ गर्नु भएको थियो । २०८० साल फागुन २७ गतेदेखि धरान वडा प्रहरीमा इन्चार्ज भएर आउनु भएदेखिनै वहाँले यातायात मजदुरहरुलाई गर्नु भएको सहयोग र साथका लागि संगठनको तर्फबाट सम्मान र विदाई गरिएको संगठनका ध

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ५०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जेनजी युनाइटेडको विशाल कोणसभा सम्पन्न

    धरान/ धरानमा जेन-जी युनाइटेड अभियानले शनिबार  विशाल कोणसभा सम्पन्न गरेको छ। धरानको भानुचोकमा ठूलो संख्यामा भेला भएका सहभागीहरूले छाता चौक, चतरालाईन, कल्याण चौक हुँदै पुतली लाइनमार्ग समेटिएको शान्तिपूर्ण र आकर्षक र्‍याली निकालेका छन्। कार्यक्रमलाई चेतनामूलक र सांस्कृतिक रूपमा समृद्ध बनाउन जेन-जी कलाकारहरूले देशभक्ति गीत, नृत्य र नाटक प्रस्तुत गर्दै जनचेतना र राष्ट्रप्रेमको भावनालाई झनै प्रबल बनाए। विभिन्न स्थानमा छरिएका जेनजी युवालाई एकताबद्ध गर्न आयोजित कोणसभामा अधिकांश वक्ताहरूको एउटै सन्देश थियो— “जेनजीहरू एक बनौँ, राष्ट्र बनाऔँ, लक्ष्यलाई यथार्थमा बदलौँ।”

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ४६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास, दुईजना पक्राउ

    विराटनगर/  एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले  बेलुनको लोला छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० बजेको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए। घटनापछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र व

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिर्तामोडमा एक शव फेला , दुई जना पक्राउ

    झापा/ बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइयो। उनले बताए

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ४०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस सम्पन्न

    धरान/ खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बिरेस थापाले गर्नु भएको थियो भने प्रमुख अतिथि डा. केशर बहादुर बिष्ट हुनुहुन्थ्यो। प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय गानका केही पंक्तिहरूले वास्तविकता प्रतिविम्बित गर्न नसक्ने तर्क गरे। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने पंक्ति ऐतिहासिक सत्यसँग

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • ४३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ठूलो मात्रामा गाँजा बरामद, १८ वर्षीय युवक पक्राउ

    सुनसरी/  विशेष सूचनाका आधारमा बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद भएको छ। मिति २०८२ मंसिर ५ गते राति १२:३० बजे, बराहक्षेत्र–३ नडाहा चौकमा लागू औषध ओसारपसार भइरहेको खबर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले BR 11 BF 0189 नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलमा राखिएको दुईवटा प्लास्टिकको बोरा खोलेर हेर्दा ४१.५ किलोग्राम (एकचालिस किलो पाँच सय ग्राम) गाँजा  फेला परेको प्रहरीले जनाएको छ। उक्त लागूऔषधसहित मोटरसाइकल चालक सप्तरी–२ राजविराजका १८ वर्षीय लालदेव रजकलाई नियन्त

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ८८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी स्तरीय ‘सुनाखरी कप’को तयारी पूरा

    धरान/ सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुने आयोजकले जनाएको छ। उद्घाटन खेलमा सुनाखरी रातो र लिबर्टी स्कूल आमनेसामने हुने प्रिन्सिपल मिलन राईले जानकारी दिए। उनका अनुसार यस वर्ष १६ वटा विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागि विद्यालयहरूमा— सुनाखरी रातो, सुनाखरी सेतो, हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी, विजयपु

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ४२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी एकताको लागि धरानमा विशाल र्‍याली

    धरान/  विभिन्न समूहमा विभाजित जेनजी अभियानलाई एकताबद्ध बनाउने उद्देश्यसहित जेन-जी युनाइटेड परिवर्तनले आउँदो मंसिर ६ गते शनिबार धरानको भानुचोकमा विशाल कोणसभा गर्ने भएको छ। आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्दै विभाजन अन्त्य गर्ने समय भइसकेको भन्दै सबै जेनजीलाई एउटै मञ्चमा उभिन आह्वान गरिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान चलाइरहेको जेन-जी युनाइटेडको टोली बिहिबार धरान आइपुगेको थियो। पत्रकारसँग कुरा गर्दै कोणसभा संयोजक तारा श्रेष्ठले कार्यक्रमलाई उत्साहपूर्ण बनाउन जेन-जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जानकारी दिए। कार्यक्रम सञ्चालिका सिमा राईक

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ५२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved