सुनसरीबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

  • मंसिर ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  इनरुवा–४, पूर्व–पश्चिम राजमार्गस्थित इनरुवा पूर्व बस स्ट्यान्ड नजिक लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

मंसिर ७ गते दिउँसो करिब २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले सप्तरी राजगढ–३ का २९ वर्षीय दिलिप कुमार मण्डल र हनुमाननगर–६ का ২৩ वर्षीय शिवदत्त मण्डललाई पक्राउ गरेको हो।

चेकजाँच तथा खानतलासीका क्रममा दिलिप कुमार मण्डलको साथबाट दुई वटा बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा ब्राउनसुगर १०२ ग्राम र १०० ग्राम गरी कुल २०२ ग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

दुवैजनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।

 
 
 

 

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved