फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

  • मंसिर ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ ।

क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो ।
समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ ।

नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो ।

दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति
थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको क्लवका सचिव उमेश जिमिले वताउनु भयो ।

सल्लाहकार राईले दक्षिण कोरीयामा अलपत्र परेका र काम नपाएर समस्या परेका नेपालीहरुलाई विगत दश वर्षदेखि सहयोग गर्दै आउनु भएको छ । त्यहा उहाले नेपालीहरुवीच फुटवल खेलको माध्यमबाट भाईचारको सम्वन्धलाई प्रगाढ समेत वनाउदै आउनु भएको छ ।

यो सम्मानले आफूलाई खेल क्षेत्र र सामाजिक कार्यमा लाग्न थप प्रेरणा मिलेको राईको भनाई रहेको छ ।

कार्यक्रममा सल्लाहकार राई र सदस्य याक्खालाई क्लवका अध्यक्ष दिलिप भुजेल र उपाध्यक्ष मन्जु उदाशले मायाको चिनो दिएर विदाई गर्नु भएको थियो ।

कार्यक्रममा धरान–१६ का जनप्रतिनिधि भिम सुव्वा र वडा नं–५ का वडा सदस्य विजय राई, सल्लाहकार विकास मगर, देवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved