सुनसरी/ रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडी हुन्। उनको मूल घर माधवनारायण नगरपालिका–६ हो भने उनले भारतमा विवाह गरेकी थिइन्। चार वर्षीय छोरा पढाउनका लागि रुवी गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा बस्दै आएकी थिइन्। सुटकेसभित्र कुईनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। नाकबाट रगत बगेको देखिए पनि शरीरमा क
सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा शनीबार प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। शनीबार दिउँसो १ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दुई जनामाथि चेकजाँच गर्दा लागुऔषध बरामद गरेको हो। प्रहरीले मोरङको केरावारी गाउँपालिका–८ बस्ने २२ वर्षीय लक्ष्मण कट्वाल र २८ वर्षीय गुमानसिंह घोरसानेलाई नियन्त्रणमा लिएको छ। कट्वालले मलद्वारमा च्यापी लुकाइराखेको अवस्थामा ब्राउन सुगर ३.२३ ग्राम (तीन ग्राम दुई सय
विराटनगर/नेकपा (एमाले) लेटाङ नगर कमिटीको अधिवेशनमा खुलेर लाग्दा संस्थापन पक्षको टिमले क्लिन स्वीप गरेको छ । पछिल्लो समय गुटगत गतिविधिमा सकृय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेता विनोद ढकाल लागेपनि संस्थापन पक्ष मौन थियो । तर, गुटगत गतिविधि निश्कृय पार्न यसपटक एमालेको संस्थापन पक्ष खुलेर लाग्दा भण्डारी समूहले लेटाङ नगर अधिवेशनमा लज्जास्पद पराजय व्यहोरेको हो । भण्डारी समूहका ढकाल ती नेता हुन् जो बहालबाला केन्द्रीय सदस्य र कोशी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा हुँदाहुँदै तल झरेर प्रदेश अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । सो कुरा कार्यकर्ताले नरुचाउँदा उनलाई पराजित गरिदि
सुनसरी/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिका लगातार तेस्रो वर्ष पनि सुनसरीकै उत्कृष्ट पालिका बन्न सफल भएको छ। जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको वराहक्षेत्रले यसपटक १०० मध्ये ८५.७५ अंक प्राप्त गर्दै उपमहानगरपालिका र गाउँपालिकालाई पछि पार्दै पहिलो स्थान हात पारेको हो। प्रदेशस्तरमा भने वराहक्षेत्रले ५औँ स्थान सुरक्षित गरेको छ। इलामको सूर्यदय नगरपालिका (९०.५० अंक) पहिलो, इलाम नगरपालिका दोस्रो, विराटनगर महानगरपालिका तेस्रो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका चौथो र झापाको कन्क
इटहरी/ सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिए । उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष देखि मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताइएको हो । गणेश
संखुवासभा । कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुंगुंग खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्न सकिने अवस्था छैन । भिरालो भूभाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले भने । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य
इटहरी । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.० तीन दिनको भव्य यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ देखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा आयोजना गरिएको यस महोत्सवले देशभरका १६ वटा कलेजका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउँदै सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गरेको छ। यो महोत्सव केवल प्रतिस्पर्धा मात्र नभई सहभागी विद्यार्थीहरूका लागि एक परिवर्तनकारी अनुभव बनेको आयोजकले जनाएका छन्। ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स&rsqu
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. बिक्रम श्रेष्ठले बताउनु भएको छ । शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरुसंग कुराकानी गर्नुहुँदै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । वहाँले भन्नुभयो मेरो नियुक्ती भलै राजनीतिक हो तर म कुनै राजनीतिक आग्रह पूर्वाग्रह बीना सबैको साथ र सहयोग लिएर काम गर्छु ।म प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेको छु, म धरानबासी हुँ, यस अघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, मलाई असफल बनाउनेहरु पनि छन् र साथ दिनेहरु पनि छन् सबैलाई नियालेर काम गर्छु डा. श्रेष्ठ
धरान/ भदौ ०५ गते धरानले हरके साल २०४५ सालको भुकम्पको स्मरण गर्दै विविध कार्यक्रम गरिन्छ । हरेक साल यो दिनलाई कालो दिनको रुपमा धरानले सम्झने गरेको छ । जुन दिन सन १९८८ वि.सं. २०४५ साल भदौ ५ गते विहान ५ बजे आएको विनाशकारी भूकम्पले धरान सहित सम्पूर्ण पूर्वाञ्चललाई ठूलो क्षति पुर्याएको थियो भने सवैभन्दा धेरै धरानमा धनजनको क्षति हुन पुग्यो । ‘उदयपुर भूकम्प’ भनेर चिनिने यो भूकम्पको केन्द्र उदयपुर जिल्लामा रहेको भए पनि यसको ठुलो प्रभाव धरानमा पनि देखिएको थियो ।त्यो वेला भूकम्पले देशभर ठुलो जनधनको क्षति गरेको थियो भने धरान नगर क्षेत्रका १ सय २२ जना मानिसले ज्यान गुमाएका थि
धरान/ धरान उपमहानगरपालिकाले कृषि थोक बजार र अन्य सबै सब्जी बजारको सञ्चालन समय एकरूप पार्दै बिहान ५ बजेबाट मात्र खुल्ने निर्णय गरेको छ। यो निर्णय बिषादी परीक्षणलाई प्रभावकारी बनाउने र थोक–खुद्रा बजारको व्यवस्थित सञ्चालन सुनिश्चित गर्न गरिएको हो। भिडियो : नेपाल सरकारले तरकारीमा बिषादी परीक्षण अनिवार्य गरेपछि किसान र व्यापारीहरुले डरले थोक बजार छलेर सिधै खुद्रा बजार तथा इटहरी, इनरुवा र विराटनगरतर्फ तरकारी पठाउन थालेका छन्। गत पटक २४ सय किलो काउली र १९ किलो रायोको साग बिषादीयुक्त भेटिएर नष्ट भएको थियो, जसले थोक बजारमा तरकारी आपूर्ति घटाएको छ। बजारका व्यवस्थापक लक्ष्मण भट्टरा